समाचारको विधा

स्थानीय

मालिकामा २० शैयाको आइसोलेशन तयार

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले तिब्र रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचार र ब्यवस्थापनका लागि बीस शैया क्षमताको आइसोलेशन निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङको छ्यारछ्यारे स्थित बहुउद्देश्यीय सभाहलमा आइसोलेशन…

कोरोना महामारीमा सेवाका रघुगंगा र जलजलाले तोके सम्पर्क व्यक्ति

बेनी । म्याग्दीको रघुगंगा र पर्वतको जलजला गाउँपालिकाले तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को महामारीको अवस्थामा सेवा प्रवाहलाई सहज र ब्यवस्थित बनाउन कार्यबिभाजन गरि जिम्मेवारी तोकेका छन् । गाँउपालिका, वडा र सेवा केन्द्रको सेवा तथा बजार…

कालिपुलका चार वटा पसलमाथि छानबिन

बेनी । बेनीको कालीपुलका चार वटा पसलका सञ्चालक माथि स्थानीय प्रशासनले छानबिन थालेको छ । कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाको मौका छापेर बढी मूल्यमा सामान बेच्ने, मिसावट र चुहावट गरेको गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय र घरेलु…

धवलागिरीको सात नम्बर वडा सिल

गोपाल आचार्यताकम, २३ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको ७ नम्बर वडा शुक्रबार बिहानदेखि लागु हुने गरि बैशाख महिनाभरका लागि सिल गरिएको छ । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि बिहिबार वडा अध्यक्ष कलानिधी…

धवलागिरी गाउँपालिका अनिश्चितकालका लागि बन्द

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका, वडा र सेवा केन्द्रका कार्यालयहरु बिहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । समुदाय स्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गाउँपालिका, सात वटै वडा र बिषयगत सेवा कार्यालयको अति…

कोरोना रोकथाममा यस्तो छ रघुगंगाको तयारी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना भाइरसको लक्षण भएका व्यक्तिको एन्टिजिन परिक्षण गर्ने भएको छ । बैशाख १९ गते गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार एन्टिजिन परिक्षणका लागि किट समेत खरिद…

बेनीमा बैशाख २२ गतेको रातीदेखि निषेधाज्ञा

बेनी । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस) को संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा बुधबार राती देखि निषेधाज्ञा जारी गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण संकट…

म्याग्दीका कोरोना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु

बेनी । म्याग्दीका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । मंगला गाउँपालिका–१ कुहुँका ७६ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य…

बेनीमा दश दिन निषेधाज्ञा गर्न डिसिसिएमसीको सुरक्षा समितिलाई सिफारिस

बेनी । जिल्ला कोभिड–१९ संकट ब्यवस्थान केन्द्र (डिसिसिएमसी) म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा दश दिन निषेधाज्ञा गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ । तिब्र रुपमा फैलिएको दोस्रो भाइरसको कोरोना भाइरसको संक्रमणलाई चेन ब्रेक…

ढुङ्गाले च्यापेर युवाको ज्यान गयो

बेनी, आकाशे पानी छल्न ओत लागेको ढुङ्गाले च्यापेर म्याग्दीको बेनी–१ सारेमारेमा एक युवाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । ज्यान गुमाउनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटी रहेका जिल्ला प्रहरी कार्यालय…