बेनी खानेपानी आयोजनाको क्षमता बढाइदै

Shreekrishna hardware

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति गर्ने आयोजनाको क्षमता बढाउन लागिएको छ ।

संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय म्याग्दीको सहयोगमा बेनी खानेपानी उपभोक्ता संस्थाले क्षमता बिस्तारका लागि नयाँ टंकी निर्माण गर्न लागेको हो । संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले बेनी बजारमा खानेपानी आपुर्तिलाई सहज बनाउन क्षमता बढाउन लागिएको बताउनुभयो ।

“कार्यालयको रु. ४५ लाख सहयोगमा दुई लाख लिटर क्षमताको टंकी बनाउने काम भैरहेको छ,” उहाँले भन्नुभयो “कोरोना भाइरस संक्रमणको जोखिम र निषेधाज्ञाको असहज अवस्थाका बावजुद निर्माण सामग्री जुटाएर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मजदुर परिचालन गरि टंकी निर्माण कार्यलाई निरन्तरता दिएका छौ ।”

Shreekrishna
Ban devision notice

नयाँ टंकीको फेरो ढलानको काम सकिएको छ । पर्खाल र ढकनी ढलान जेठ महिनाभित्रनै ढलान गरिसक्ने लक्ष्य छ । एक लाख लिटर क्षमताको टंकी गत वर्खामा चुहावट भएपछि त्यसलाई भत्काएर सोही ठाउँमा नयाँ टंकी बनाउन लागिएको हो ।

आयोजनाको हाल एक लाख लिटर क्षमताको एक वटा र दुई लाख लिटर क्षमताको एक वटा रिजर्भ टंकी छ । नयाँ टंकीमा पानी संकलन गरेर बजारभित्र बितरण गर्ने योजना छ । प्रतिसेकेण्ड तीस लिटर खानेपानी आपुर्ति गर्ने क्षमता भएको बेनी खानेपानी आयोजनाले हाल प्रतिसेकेण्ड २२ लिटर आपुर्ति गर्दै आएको संस्थाका प्रबन्धक यामबहादुर बिश्वकर्माले बताउनुभयो ।

भकिम्लीको कोप्रे र राम्चेको पुम्दीखोलाको मुहानबाट पानी ल्याएर बितरण गरिदै आएको छ । आयोजना मार्फत बेनी बजारका एक हजार सात घरधुरी उपभोक्तालाई निजी धाराबाट खानेपानी बितरण हुदै आएको छ ।

खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण पुम्दीको मुहानबाट खानेपानी आपुर्ति बन्द हुन्छ । नयाँ टंकीमा पानी भण्डारण गरेर राख्न सकेमा आपुर्ति नभएको अवस्थामा पनि सहज रुपमा पानी वितरण गर्न सकिने जनाइएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...