झ्याप्रेखोला सिचाई आयोजनाको नहर निर्माण

Sinchai Khanipani notice

बरंजा । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिचाई आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ ।

खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दी मार्फत गत वर्षदेखि आयोजना निर्माण सुरु भएको थियो । झ्याप्रेखोला सिचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नन्दलाल कडेलले दुई वर्षको अवधिमा ७१० मिटर पक्की नहर निर्माण सकिएको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयको रु. १४ लाख ४५ हजार अनुदान र उपभोक्ताको रु. एक लाख ५३ हजार श्रमदानबाट २७० मिटर नहर निर्माण भएको छ । यसैगरी मुहान संरक्षणका लागि १५ थान ग्यावीयन पर्खाल निर्माण भएको छ ।

Shreekrishna hardwear in news

“गत पुष महिनामा सम्झौता गरेर असारमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौ,” अध्यक्ष कडेलले भन्नुभयो “हामीले बैशाखमै निर्माण सकेर अन्तिम किस्ताको भुक्तानी समेत लिइसक्यौ ।” स्थानीय मजदुरहरु परिचालन गरेर नहर निर्माण भएको थियो ।

Bhautik ministry notice about road

गत आर्थिक वर्ष २०७६÷७७ मा कार्यालयको रु. २८ लाख अनुदान र उपभोक्ताको रु. तीन लाख बराबरको श्रमदानमा ४८० मिटर नहर, मुहान र १० थान ग्यावीयन पर्खाल निर्माण भएको थियो । अहिलेसम्म निर्माण भएको नहरबाट मौरेनीसम्म सिचाईका लागि पानी चलाइएको छ ।

झ्याप्रे खोलामा मुहान भएको यो आयोजनाबाट १३ हेक्टर क्षेत्रफल जमिनमा सिचाई सुबिधा पुग्ने खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालयका इञ्जिनियर बालकृष्ण बुढाथोकीले बताउनुभयो । कुल दुई हजार ५०० मिटर नहर निर्माण भएपछि आयोजनाले पूर्णता पाउनेछ ।

आगामी आर्थिक वर्षमा थप बजेट ब्यवस्थापन गरेर योजनालाई पूर्णता दिन पहल गरिएको कार्यालय र उपभोक्ता समितिले जनाएका छन् । सिचाई सुबिधा भएपछि खाद्यबालीको साथै सुन्तला, किबी लगायत फलफुल र तरकारी खेती गर्न सहज हुने स्थानीय मदन सापकोटाले बताउनुभयो ।

नहरबाट पानी चलाइएको ठाउँमा यसपाली मध्य जेठमै धान रोपाई सकिएको छ । यसअघि कच्चि नहरमा थोरै स्रोतको पानी चुहावट हुने समस्या थियो । खेतीबालीमा सिचाई गर्न पालो कुर्नुपर्ने थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...