भैसीपालनमा रमाएका मंगलाका मेहनति कृषक सुर्य आचार्य

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ पोकका सुर्यप्रसाद आचार्य भैसीपालन गरेर स्वरोजगार बन्नुभएको छ ।

बैदेशिक रोजगारको बिकल्पमा भैसीपालन गर्नुभएका आचार्य मंगला गाउँपालिकामै नमुना कृषक बन्नुभएको छ । २० वर्षदेखि भैसीपालन गर्दै आउनुभएका आचार्य बिदेश जाने योजना कहिल्यै नबनाएको बताउनुहुन्छ । उहाँले सुरक्षा कृषि तथा पुशपंक्षी फार्म सञ्चालन गर्नुभएको छ ।

यसअघि बरंजाको भोर्लेनीमा भैसी पाल्दै आउनुभएका आचार्यले गत वर्ष गाउँपालिकाको केन्द्र बाबियाचौर नजिकैको पोकमा फार्म स्थानान्तरण गर्नुभएको छ । घरपरिवार चलाउन, छोराछोरी पढाउनका लागि भैसीपालनलाई आयस्रोत बनाउनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

आचार्यले भैसीपालनका लागि पोकमा ४ रोपनी खेतबारी, घर र १७ रोपनी खरबारी भाडामा लिनुभएको छ । भाडामा लिएको जग्गामा सुधारिएको गोठ बनाउनुभएको छ । ७ वटा भैसीपालन गर्नुभएका आचार्यले दैनिक ३२ लिटर दूध उत्पादन गर्नुहुन्छ ।

भकारो सुधारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आचार्यलाई साना ब्यवसाय फर्म बिस्तार कार्यक्रम मार्फत एक लाख ८९ हजार रुपैयाँ उपलब्ध गराएको थियो । कार्यालयको सहयोगको अलावा व्यक्तिगत लगानी गरेर गोठ सुधार गरेको आचार्यले बताउनुभयो ।

आचार्यले उत्पादन गरेको दूध बाबियाचौर बजारमा खपत हुन्छ । बर्खामा दूध उत्पादन बढी हुँदा दही बनाएर बेच्ने गर्नुभएको छ । भैसीपालनका साथै आचार्यले स्थानीय जातका कुखुरा, हाँस, बट्टाई, लुइचे जातका पंक्षी पनि पाल्नुभएको छ । मासु र अण्डाका लागि पंक्षीपालन सुरु गरेको आचार्यले बताउनुभयो । उहाँलाई पशुपालनमा श्रीमती र छोराछोरीले सघाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...