प्रवासी बरंजेलीद्धारा स्वास्थ्य सामग्री सहयोग

Gandaki Pardesh notice

बेनी । अमेरिकामा पुगेका म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडामा पर्ने बरंजाका बासिन्दाहरुले जन्मथलोमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रण तथा बिरामीको उपचारमा सघाउने उद्देश्यले अमेरिकामा रहेका मनप्रसाद रोकाको नेतृत्वमा आर्थिक संकलन गरेर स्वास्थ्य सामग्री खरिद गरि उपलब्ध गराएका हुन् ।

Bhautik ministry notice about road

स्वास्थ्य सामग्री आर्थिक सहयोग व्यवस्थापन समितिका अध्यक्ष रेशम बुढाथोकी र बजार ब्यवस्थापक लोकेश पुनले दुई वटै वडाका अध्यक्षद्धय कबिन्द्र रोका, ओमबहादुर रोका र बरंजा स्वास्थ्य चौकीकी अनमी रन्जना थापालाई हस्तान्तरण गर्नुभयो ।

Shreekrishna hardwear in news

दुई थान अक्सिजन कन्सन्ट्रेटर, थर्मोमिटर,अक्सिमिटर, मास्क, सेनिटाइजर, पीपीई लगायत रु. छ लाख बराबरको स्वास्थ्य सामग्री खरिद गरेर हस्तान्तरण गरिएको थियो । यसैगरी निषेधाज्ञाको समयमा अस्पताल र स्वास्थ्य संस्था पुग्नका लागि बरंजा बासीहरुलाई लक्षित गरेर निशूल्क यातायात सेवा सञ्चालन गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...