धारापानीका थापा परिवारद्धारा कोरोना रोकथामका लागि गाउँपालिकालाई सहयोग

Sinchai Khanipani notice

म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि वडा नम्बर ७ धारापानीका एक परिवारले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

धारापानीका तेजिन्द्र थापाका परिवारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरण, औषधी र स्वास्थ्य सामग्री खरिद गर्नका लागि विपद् ब्यवस्थापन कोषमा सो रकम उपलब्ध गराउनुभएको हो ।

Bhautik ministry notice about road

थापाले मुना स्थित गाउँपालिकाको कार्यालयमा पुगेर उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा र स्वास्थ्य शाखा संयोजक सम्झना खाती क्षेत्रीलाई एकाउन्न हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

धारापानीमा रहनुभएका तेजिन्द्र थापा, उहाँकी श्रीमति बिष्णुका साथै अस्टे«लीयामा रहनुभएका उहाँका छोरा बिमल थापा, छोरी कुशुम थापा, मिनी थापा र बुहारी संगिता थापाको तर्फबाट सहयोग गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...