समाचारको विधा

स्थानीय

बेनीमा नागको पुजा गर्दै

बेनी, म्याग्दीको बेनी बजार स्थित लक्ष्मीनारायण मन्दिर परिसरको नाथको थानमा शुक्रबार नागपञ्चमी पर्वको अवसरमा पुजाआजा गर्दै स्थानीयबासी । तस्बिर धौलागिरी खबर

धस्केखोरका पहिरो पिडितको लागि आश्रयस्थल निर्माण

पोखरेबगर । पहिरोबाट बिस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ धस्केखोरका बासिन्दाका लागि आश्रयस्थल निर्माण गरिएको छ । बस्ती वरपर पहिरो खस्ने, जमिन चिरा चिरा परेर धाजा फाटेर बग्न थालेपछि धस्केखोर डाडामा स्थानान्तरण गरिएका १६

जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा पुस्तकालय

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा म्याग्देली युवा आवाजले पुस्तकालय स्थापना गरेको हो । हिरासतमा रहने व्यक्तिहरुलाई समय बिताउन सहज होस र सकारात्मक सोचको

बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

बेनी । म्याग्दीको बेनी अस्पतालमा बुधबार देखि इन्डोस्कोपी सेवा सुरु भएको छ । स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम अन्तरगत धवलागिरी गाउँपालिकाले बिनियोजन गरेको रु. तीस लाख बजेटबाट उपकरण खरिद र पूर्बाधार तयार पारेर उपचारका लागि अत्यावश्यक

गलेश्वरमा राखिएको कन्टेनर खोल्दा यस्तो भेटियो (तस्बिर र भिडियो सहित)

गलेश्वर । नेपाल स्थित अमेरिकी दुतावासले बिपद् बाट अति म्याग्दीलाई तीन कन्टेनर बिपद् ब्यवस्थापनका सामग्री उपलब्ध गराएको छ । पहिरो, बाढी, कटान, आगोलागी लगायत बिपद्को अवस्थामा खोज, उद्धार र पिडितको अस्थाई बसोबासका लागि अत्यावश्यक

खयरभारानीका सेवक : जसले समाधीका लागि आफूले बिकास गर्न खोजेको ठाउँ रोजे

बेनी । बेलायती गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि जन्मथलोको बिकासमा श्रम, सिप र धन खर्चेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका राजु पुन र उहाँकी श्रीमती गिताले मृत्युपछि समाधिका लागि आफैले बिकास गर्न खोजेको ठाउँलाई रोज्नुभएको थियो

बेनीमा आगोलागी हुँदा दुई पसल जलेर नष्ट

बेनी । बेनी बजारको न्युरोडमा मंगलबार बिहान आगोलागी हुँदा दुई वटा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ । बेनी नगरपालिका–८ न्युरोड स्थित जिबन बिश्वकर्माको घरमा सञ्चालन भएको नयन÷नतिजा स्टोर्स र रघुगंगा डेरी पसल आगोलागीबाट नष्ट भएको हो । बिहान

दिवंगत श्रीमतिको स्मृतिमा बिद्यालयमा रु. दश लाखको अक्षयकोष

बेनी । म्याग्दीका एक जना प्रवासीले दिवंगत श्रीमतिको स्मृतिमा आफ्नो जन्मथलोमा रहेको बिद्यालयमा रु. दश लाखको अक्षषकोष स्थापना गर्नुभएको छ । मालिका गाउँपालिका–६ रातोढुङ्गामा जन्मिएर हाल नदरल्याण्ड्स निवासी भरत भट्टचनले श्रीमति लक्ष्मीको

अन्नपूर्ण गाउँपालिकाको बिपद् कोषमा बेलायतबाट करिब पन्ध्र लाख सहयोग

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बिपद् ब्यवस्थापन र कोरोना भाइरस नियन्त्रणका लागि बेलायत (युके)बाट सोमबार करिब रु. पन्ध्र लाख सहयोग प्राप्त भएको छ । अन्नपूर्णका आठ वटै वडामा जन्मिएर हाल बेलायतमा रहेकाहरुले आठ हजार ९१७ पाउण्ड

स्व. रोकाको स्मृतिमा माओवादीको शोकसभा

बेनी । नेकपा माओवादी केन्द्रले दिवंगत जिल्ला कमिटि सदस्य तथा मंगला गाउँपालिका–४ का वडा अध्यक्ष ओमबहादुर रोका (रबी)को स्मृतिमा सोमबार बरंजामा शोकसभा गरेको छ । शोकसभामा माओवादी केन्द्रका प्रदेश सदस्य तथा गण्डकी प्रदेशका सांसद बिनोद केसी र