म्याग्दीका सबै पालिकामा माओवादीको नयाँ नेतृत्व, अन्नपूर्णको अध्यक्षमा फगामी

Sinchai Khanipani notice

बेनी । म्याग्दीका सबै स्थानीय तहमा नेकपा माओवादी केन्द्रको नेतृत्व चयन भएको छ ।

अन्नपूर्ण गाउँपालिका समितिको अधिबेशन सम्पन्न भएसँगै म्याग्दीका छ वटै स्थानीय तह र वडा स्तरमा माओवादीको नेतृत्व चयन भएको हो । यसअघि ४० वटा वडा समिति, ५ वटामा संगठन समिति र ५ वटा स्थानीय तहमा पालिका समिति निर्बाचित भएको थियो ।

ठुलोबगरमा आइतबार भएको अन्नपूर्ण गाउँपालिका समितिको पहिलो अधिबेशनबाट ओमप्रसाद फगामीको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन भएको हो । गाउँपालिका अध्यक्षमा सर्बसम्मत चयन हुनुभएका फगामी माओवादी केन्द्रबाट निर्बाचित अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ भुरुङ्ग–तातोपानीका अध्यक्ष हुनुहुन्छ ।

Shreekrishna hardwear in news

समितिको उपाध्यक्षमा थमबहादुर बिक, विरबहादुर पौडेल र डबलसिहं पाईजा, सचिवमा श्याम खड्का, सह–सचिवमा नन्दबहादुर गर्वुजा र कोषाध्यक्षमा कविता क्षेत्री चयन हुनुभएको छ । ओमप्रसाद फगामी, बुद्धि पुन र विष्णुकुमारी दमाई प्रदेश अधिबेशनको प्रतिनिधी चयन हुनुभएको माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

अधिबेशनलाई सम्वोधन गर्दै माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले राजनीतिक परिवर्तनका एजेण्डालाई संस्थागत गर्दै सामाजिक मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले गणतन्त्र, संघीयता, समावेशी ब्यवस्थालाई बलीयो बनाउन सबै लाग्न आग्रह गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक जुग्जालीले वडा र पालिका सम्मेलनले माओवादी केन्द्र शक्तिशाली र बलियो बन्दै अघि बढेको बताउनुभयो । माओबादीको एजेण्डा अनुसार लागू भएको गणतन्त्र र संघीयता र समावेशी ब्यवस्थाको ब्यवहारिक कार्यान्वयन गर्न जनताको साथ माओवादीलाई हुनुपर्नेमा जोड दिनुभयो ।

संयोजक जुग्जालीले वडा र पालिका अधिवेशन सफल पुर्व सम्पन्न भएको बताउदै आगामी दिनमा हुने प्रदेश, जिल्लाको अधिवेशनमा सक्रिय रहन पार्टीको विभिन्न तहका नेतृत्वलाई आग्रह गर्नुभयो । अधिवेशनमा गाउँपालिका ईन्चार्ज बुद्धि पुन र नगर अध्यक्ष शेरबहादुर केसी लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

प्रथम पालिका अधिवेशनबाट बेनी नगरपालिकाको अध्यक्षमा शेरबहादुर केसी, गाउँपालिका अन्तरगत रघुगंगाको अध्यक्षमा हरि भण्डारी, मंगलाको अध्यक्षमा यामबहादुर रोका, मालिकाको अध्यक्षमा दोरण शेरचन र धवलागिरिको अध्यक्षमा यामन रोका निर्वाचित हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...