पुलाचौरमा अपाङ्ग र जेष्ठ नागरिक परिचयपत्र बितरण

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–५ पुलाचौरमा अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र बितरण तथा नबिकरण सम्बन्धी घुम्ति शिबिर सम्पन्न भएको छ ।

बेनी नगरपालिकाको महिला तथा बालबालिका शाखाले ग्रामिण क्षेत्रका नागरिकलाई वडाबाटै सुबिधा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरेको हो ।

शाखाकी कर्मचारी दमसरा पुनले शिबिरबाट १ जना अपाङ्गता परिचयपत्र नबिकरण, २०४ वटा जेष्ठ नागरिक परिचयपत्र बितरण भएको जानकारी दिनुभयो । पहिचान भएका अपाङ्ग परिचयपत्र पाउन योग्यलाई थप प्रक्रियाका लागि बेनी अस्पतालमा आउन सिफारिस गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, अधिकृत युवराज थापा, प्रकाश सुबेदी लगायत सहभागी शिबिरमा चिकित्सक र कर्मचारीहरुको टोलीले सेवा दिएको थियो ।

अधिकृत युवराज थापाको संयोजकत्वमा शिबिर सञ्चालन भएको थियो । बेनी नगरपालिका ९ घतानमा पनि शिविर आयोजना गरिने कर्मचारी पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...