शिख माबिको ६७ औ बार्षिकोत्सबको अवसरमा रु. एक करोडको अक्षयकोष घोषणा

Gandaki Pardesh notice

सुरेन गुरुङ
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थिति शिख माबिको ६७ औ बार्षिकोत्सब बुधबार मनाइएको छ ।

बार्षिक उत्सवको अवसरमा प्रमुख अतिथि सुबेदार मेजर डिल्लिराज गर्बुजाले तल्लो, उपल्लो शिख, स्वात, फलाते, किन्दुको शिक्षा र कृषि क्षेत्रको बिकासका लागि रु. एक करोडको अक्षयकोष स्थापना गरिएको घोषणा गर्नुभयो ।

डिल्लीराज, क्याप्टेन उमेशकुमार पुन र शिख्तानी समाज युकेका पुर्ब अध्यक्ष दानबहादुर गर्बुजाको तर्फबाट कोष स्थापना गरिएको बताउनुभयो । शिख माबिको कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याएर उतिर्ण हुने प्रथम, दृतीय र तेस्रो हुनेलाई उच्च शिक्षामा सघाउने र कृषि बिशेष गरेर आलु खेतीलाई प्रर्वद्धन गर्न कोषको परिचालन गरिने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

डिल्लीराज, उमेश र दानबहादुर एकै परिवारका दाजु भाई हुनुहुन्छ । दाजुभाई मिलेर कोष बनाएको डिल्लीराजले बताउनुभयो । शिखमा जन्मिएका उहाँहरु बेलायतमा बस्नुहुन्छ । कोषको ब्याजबाट बिद्यार्थी र शिख्तानी समाजमा धेरै आलु उत्पादन गर्ने कृषकलाई बार्षिक रुपमा पुरस्कृत गर्ने डिल्लीराजले बताउनुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुद्धुजाको अध्यक्षता, खेमबहादुर पाईजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ केदारबहादुर कार्कीले आय ब्यय बिबरण, शैक्षिक र भौतिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । बिद्यार्थीहरुले गित र नृत्य तथा पिटी परेड प्रस्तुत गरेका थिए । बिद्यार्थी र अभिभावकहरुबीच बिभिन्न खेलकुद प्रतियोगिता पनि भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...