मंगलाका स्वयम सेविकाहरुबीच हाजिरी जवाफ प्रतियोगिता

Sinchai Khanipani notice

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा आइतबार १८ औ महिला सामुदायिक स्वास्थ्य स्वमसेविका दिवस मनाइएको छ ।

पालिकाको केन्द्र बाबियाचौरमा महिला स्वास्थ्य स्वमसेविकाहरुबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेर दिवस मनाइएको हो । पालिकामा रहेका ५ वटा वडाका महिला स्वास्थ्य स्वमसेविकाहरुबीच भएको प्रतियोगितामा बरंजा स्वास्थ्य चौकी प्रथम र कुहुँ स्वास्थ्य चौकी दोस्रो भएको थियो ।

Bhautik ministry notice about road

मंगला गाउँपाकिलाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना, स्वास्थ्य शाखा संयोजक लेखनाथ रोकामगर लगायत स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

Shreekrishna hardwear in news

यस बर्षको महिला सामुदायिक स्वास्थ्य स्वमसेविका दिवसको नारा “जिवनशैली हाम्रो आवश्यकता ः संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका” भन्ने रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...