दोबामा अस्पताल भवन निर्माण शुरु

Sinchai Khanipani notice

दोबा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ ।

संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार दोबामा भवन निर्माण हुन लागेको हो । अन्नपूर्ण गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले अपाङ्गमैत्री पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी दुई तले भवन निर्माण शुरु भएको जानकारी दिनुभयो ।

“आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “आगामी २०७९ असोजमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।”

Shreekrishna hardwear in news

भवन निर्माणका लागि रबिना–अमित जेभीले रु. पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको छ । रु. छ करोड ८३ लाख पचास हजार ८० लागत अनुमान गरिएको थियो । बि.स. २०७८ बैशाख १७ गते सम्झौता गरेको ठेकेदारले जग्गा ब्यवस्थापन सकेर भवन निर्माण शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताउनुभयो ।

Bhautik ministry notice about road

निर्धारित समय भित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य सहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण ब्यवसायीले बताएका छन् । दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी ७ आना २ दाम क्षेत्रफलको जग्गा निशूल्क उपलब्ध गराएका थिए । सो जग्गाको स्थानीय बजार मूल्य रु. एक करोड भन्दा बढी छ ।

दोवाका वडा अध्यक्ष दिलिपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी ३ पैसा, यादवबहादुर गर्बुजाले १ रोपनी ८ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले ५ रोपनी ४ आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले २ रोपनी २ आना र टिकाबहादुर पुर्जाले साढे २ आना जग्गा निशूल्क उपलब्ध गराएका हुन् ।

अस्पताल निर्माण स्थल बेनी–जोमसोम सडक देखि ४ किलोमिटर भित्र पर्छ । मुख्य सडकदेखि दोवा जोड्ने सडकलाई स्तरोन्निति गरेर पालिकाका सबै वडाका बासिन्दा, सडकमा यात्रा गर्ने यात्रु र पर्यटकलाई सुबिधा दिन सकिने वडा अध्यक्ष गर्बुजाले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्नपूर्ण गाउँपालिकालाई अस्पताल निर्माण गर्न गत आर्थिक वर्ष २०७७÷०७८ मा रु. ७० लाख पठाएको थियो । यस बर्ष मन्त्रालयले बजेट पठाउन ढिलाई गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । बिनियोजन भएको बजेट समयमै खर्च गर्ने अख्तियारी आएमा निर्माण ब्यवसायीलाई छिटो काम गराउन दवाब दिन सकिने उहाँको भनाई छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...