लोकदिप सहकारीद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Gandaki Ghumau

बेनी । बेनीमा स्थित लोकदिप वचत तथा ऋण सहकारी संस्थाले जाडोयाममा चिसोबाट बच्न जिल्लाका दुई सामुदायिक बिद्यालयले सञ्चालन गरेको स्रोत कक्षमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ ।

सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत बेनपा–६, बगुवाखोलास्थीत बालजागृति आधारभुत विद्यालयका १२ जना बौद्धिक अपाङ् विद्यार्थीलाई न्यानो टोपी, मोजा तथा बेनपा–४ सिंगामा अवस्थित धौलागिरी माविका १६ जना बहिरा विद्यार्थीहरूलाई टोपी, मोजा, हाइनेक गरी रु २० हजार बराबरको सहयोग गरिएको गरिएको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

सोही अवसरमा सहकारीले त्रैमासिक परीक्षा अन्तरगत विद्यालयमै सर्वोत्कृष्ट नतिजा ल्याउने सोनी थापालाई झोला, स्टेशनरी सहित करिब ३५ सय बराबरको सहयोग गरिएको छ । सहकारीका अध्यक्ष हरिकृष्ण गौतमले सामाजिक उत्तरदायित्व अन्र्तगत हरेक बर्ष शैक्षिक तथा सामाजिक कार्यमा सहयोग गदैं आइरहेको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीकी उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठ, सदस्यहरू अर्जुन पौडेल, भिमनाथ शर्मा, बालजागृति आविका प्रअ धनबहादुर खत्री, धौलागिरी माविका प्रअ डण्डपाणी सापकोटा, शिक्षा विकास तथा समन्वय इकाईकी समावेशी शिक्षा कार्यक्रम संयोजक कल्पना केसी लगायतको उपस्थिती रहेको थियो ।

बहिरा स्रोत कक्षाकी शिक्षक लक्ष्मी श्रेष्ठले स–साना विद्यार्थीहरुको लागि चिसो बढी रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा धौलागिरी माविका विब्यस अध्यक्ष अणबहादुर खड्का ‘भगवान’ ले बहिरा र अति विपन्न विद्यार्थीका लागि न्यानो पोसाकले विद्यार्थीलाई पठन क्रियाकलापमा थप उर्जा मिलेको बताउनुभयो । कार्यक्रमको सञ्चालन सहकारीका शिक्षा उपसमिति संयोजक खोमराज उपाध्यायले गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...