देबिस्थानको भिम माबिमा कक्षाकोठा भवन निर्माण शुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानमा रहेको भिम माबिको कक्षा कोठा भवन निर्माण शुरु भएको छ ।

पहार ट्रस नेपाल, मालिका गाउँपालिका र बिद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो । रु. एक करोड २२ लाख लागत अनुमान गरिएको भवनको बिहिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र समन्वयकर्ता जितबहादुर घर्तिले शिलन्यास गर्नुभयो ।

पहार ट्रसको रु. ६१ लाख, मालिका गाउँपालिकाको रु. ५० लाख र बिद्यालयको रु. एघार लाख लागतमा भवन निर्माण गर्न लागिएको प्रअ डम्मरबहादुर घर्तिले जानकारी दिनुभयो । प्रअ घर्तिले सञ्चालन र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुबेदार दिलबहादुर पुनको अध्यक्षतामा सम्पन्न भवन शिलन्यास कार्यक्रममा वडा अध्यक्ष पिपला बुढाथोकी पनि उपस्थित हुनुहुन्थ्यो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

ब्यवस्थापन समिति अन्तरगत भवन निर्माण समिति गठन भएको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन शुरु भएको भिम माबीमा २५० जना बिद्यार्थी छन् । पुरानो भवन जिर्ण भएकाले बिस्तृत परियोजना प्रतिवेदन तयार पारेर बेलायती सेनाका सेवा निबृत्त क्याप्टेन जितबहादुर घर्ति मार्फत पहार ट्रसमा प्रस्ताब गरिएको थियो ।

भिम माबिमा यसअघि पहार ट्रसको सहयोगमा पुस्तकालय सहितको एक कोठे भवन निर्माण भएको थियो । यसैगरी ब्रिटिस गोर्खा वेयलफेयरले दुई कोठे भवन बनाएको थियो । बेलायती सेवा निबृत्त गोर्खा सैनिकहरु आवद्ध पहार ट्रसले यसअघि अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माबिमा पनि भवन निर्माण गरेको थियो ।

यसबर्ष मालिका गाउँपालिकाको छ्यारछ्यारेमा जनप्रिय माबिको १६ कोठे भवन बनाउन केही दिनअघि सम्झौता भएको प्रअ दिवाकर सुबेदीले बताउनुभयो । यसैगरी मंगला गाउँपालिका–२ हिदीको सिद्धशान्ति माबिमा पनि पहार ट्रसको सहयोगमा कक्षा कोठा भवन निर्माण शुरु भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...