जहाज दुर्घटना स्थलबाट थप १० जनाको शव कोवाङ ल्याइयो

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा तीन दिनअघि भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप दश जनाको शव मंगलबार बिहान कोवाङ ल्याइएको छ । मानापाथी हिमालको फेदीमा संकलन गरिएका दश वटा शवलाई कैलाश एयरको हेलिकप्टर मार्फत कोवाङमा ल्याइएको

अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उमेद्वार निर्विरोध

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वारहरु निर्विरोध भएका छन् । मनोनयन दर्ताका क्रममा छ जनाको एकल उमेद्वारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल

छन्त्याल परिवार अष्ट्रेलियाको अध्यक्षमा बुद्धिमान

अस्टे«लीया, १७ जेठ । छन्त्याल परिवार अष्ट्रेलिया (सीपीए)को अध्यक्षमा बुद्धिमान घरब्जा छन्त्याल निर्वाचित हुनुभएको छ । परिवारको उपाध्यक्षमा धन छन्त्याल र संगीता छन्त्याल, सचिबमा कृष्ण छन्त्याल, सहसचिबमा विशाल छन्त्याल, कोषाध्यक्षमा किरण

हावाहुरीले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा सोमवार अपराहन्नको हावाहुरीले क्षति गरेको छ । दिउँसो करिब ३ः३० बजेतिर हावाहुरीले सभाहलको छानो उडाएर क्षति गरेको हो । मालिका गाउँपालिका–६ का

जेसिजको आयोजनामा दन्त परिक्षण शिविर

बेनी, । २४ औ स्थापना दिवसको अवसरमा म्याग्दी जेसिजको आयोजनामा सोमबार बेनीमा दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बेनी संजिवनी हेल्थ क्लिनिकको प्राबिधिक सहयोगमा सञ्चालित शिविरमा १२० जनाले सेवा लिएका छन् । २३ जनाको दाँत निकालिएको शिविरका

जहाज दुर्घटनामा वेपत्ता भएका २१ जनाको शव भेटियो

बेनी, मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा वेपत्ता भएका २१ जनाको शव भेटिएको छ । घटनास्थलबाट फिस्टेल र कैलाश एयरको हेलिकप्टरले कोवाङमा ल्याएका १० वटा शव नेपाली सेनाको हेलिकप्टर मार्फत सोमबार अपराहन्न

मृगौलापिडित सकबहादुरद्धारा सहयोगको अपिल

बेनी । मृगौला रोगबाट थलिएका म्याग्दीको मंगला गाउँपालिका–५ पाखुका सकबहादुर छन्त्यालले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । हाल भक्तपुरको शहिद गंगालाल राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ४८ वर्षीय छन्त्याललाई कमजोर आर्थिक अवस्थाका

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

बेनी, पोखरा देखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्क विहिन वनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा सोमवार बिहान जहाज भेटिएको हो ।

म्याग्दीमा पुस्तक भित्रिन थाल्यो

बेनी । शैक्षिक सत्र शुरु भएको करिव दुई सातापछि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि पुस्तक भित्र्याइएको छ । जनक शिक्षा सामग्री केन्द्रको पोखरा डिपोबाट म्याग्दीका पुस्तक व्यवसायीले जिल्लामा ल्याएको पुस्तक संयुक्त वितरण

हराएको जहाज खोज्ने पहिलो दिनको प्रयास सफल भएन्

मुस्ताङ, । पोखरा देखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्क बिहिन भएको तारा एयरको जहाज खोज्न परिचालन भएको टोली मानापाथी हिमालको आसपासका क्षेत्रमा केन्द्रित भएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको ७० जना सुरक्षाकर्मी