जहाज दुर्घटना स्थलबाट थप १० जनाको शव कोवाङ ल्याइयो

Add Samajik bikash office

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा तीन दिनअघि भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप दश जनाको शव मंगलबार बिहान कोवाङ ल्याइएको छ ।

मानापाथी हिमालको फेदीमा संकलन गरिएका दश वटा शवलाई कैलाश एयरको हेलिकप्टर मार्फत कोवाङमा ल्याइएको हो । मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले भिरमा अड्कीएको एक वटा शव निकाल्ने प्रयास र वेपत्ता एक जनाको खोजी जारी रहेको बताउनुभयो ।

“हिजो नेपाली सेनाको हेलीकप्टरले दश वटा शव काठमाडौ लगिसकेको छ,” उहाँले भन्नुभयो “आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौ पठाउने तयारीमा छौ ।”
तीन जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखरा देखि जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भौगोलिक रुपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार दुई सय मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान संकलन गरेर कोवाङमा ल्याउन ढिलाई भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङ देखि घटनास्थल पुग्न चार घण्टा उकालो हिड्नुपर्छ ।

करिब एक सय जना नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयबासी घटनास्थल पुगेका थिए । अरु फर्किएपनि सेना र प्रहरीको १४ जनाको उद्दारको तालिम प्राप्त सुरक्षाकर्मी सानोसरेमा पाल टाँगेर बसेका थिए ।

घटनास्थल पुगेर फर्किएका स्थानीयबासी इन्द्रसिंह शेरचनले विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको दखिने बताउनुभयो । “विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको देखिन्छ,” उहाँले भन्नुभयो “शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए । केही तल्लो डिलमुनि पुगेका थिए ।”

सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गनुृभएको थियो । इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिनु भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...