जहाज दुर्घटनामा वेपत्ता भएका २१ जनाको शव भेटियो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा वेपत्ता भएका २१ जनाको शव भेटिएको छ ।

घटनास्थलबाट फिस्टेल र कैलाश एयरको हेलिकप्टरले कोवाङमा ल्याएका १० वटा शव नेपाली सेनाको हेलिकप्टर मार्फत सोमबार अपराहन्न काठमाडौ पठाइएको र एक जनाको खोजी जारी रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

घटनास्थलमा वेपत्ताको खोजीलाई जारी राख्दै कोवाङ ल्याएका शव सेनाको हेलिकप्टरबाट काठमाडौ पठाइएको मुस्ताङ प्रशासनका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले बताउनुभयो । भिरबाट संकलन गरेर डाडामा राखिएको ११ वटा शव पानी परेको र कुहिरो लागेकाले हेलिकप्टर जान नसकेपछि कोवाङ ल्याउन नसकिएको उहाँले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

चालक दलका तीन जना सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी विमान विहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । खराब मौसमका कारण जोमसोम जान नसकेपछि कोवाङ माथिको आकाशबाट पोखरा फर्कने क्रममा मानापाथी हिमालको फेदीको पहाडमा ठोक्कीएर जहाज दुर्घटना भएको बताइएको छ ।

घटनास्थलमा पुगेर फर्किएका इन्द्रसिंह शेरचनले सुरक्षाकर्मीहरुले डोरीको सहायताले भिरमा अड्किएका शव संकलन गरेका बताउनुभयो । भेटिएका शव सनाखत गर्न बाँकी छ । समुन्द्रि सतहदेखि चार हजार मिटर भन्दा बढी उचाइमा रहेको घटनास्थलमा छिनछिनमा कुहिरो लाग्ने र पानी पर्ने गरिरहेको छ । करिब एक सय जना नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयबासी उद्धारमा परिचालन भएका छन् ।

नेपाली सेना, फिस्टेल र कैलाश एयरको एक÷एक वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङ देखि न्याउरीकोट हुदै चार घण्टा हिडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्कीएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान यार्सागुम्बा संकलन गर्न गएकाहरुले भेटाएका थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...