हराएको जहाज खोज्ने पहिलो दिनको प्रयास सफल भएन्

Gandaki Ghumau

मुस्ताङ, । पोखरा देखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्क बिहिन भएको तारा एयरको जहाज खोज्न परिचालन भएको टोली मानापाथी हिमालको आसपासका क्षेत्रमा केन्द्रित भएको छ ।

नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको ७० जना सुरक्षाकर्मी र स्थानीयबासीहरुको टोली अपराहन्न कोवाङबाट मानापाथी हिमालको फेदीतर्फ गएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । नेपाली सेना र निजी क्षेत्रको हेलिप्टर कुहिरोका कारण सम्भावित ठाउँमा पुग्न नसकेपछि स्थलमार्गबाट गएका हुन् ।

कोवाङमा रहनुभएका जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले स्थलमार्ग उद्दारकर्ताहरु मानापाथी हिमालको फेदीतर्फ गएका जानकारी दिनुभयो । कोवाङ देखि करिब दुई घण्टा पैदल हिडेर जंगलमा पुगेका सुरक्षाकर्मीहरु भोली बिहानै मानापाथी हिमाल तर्फ लाग्ने भएका छन् ।

Shreekrishna

सुरक्षाकर्मीहरु आज पुगेको ठाउँदेखि थप करिब तीन घण्टा पैदल हिडेपछि मानापाथी हिमालको आधार शिविर पुग्न सकिन्छ । काठमाडौबाट नेपाली सेनाका उद्दारकर्ताहरु आवश्यक सामग्री सहित हेलिकप्टरबाट कोवाङ झरेका थिए ।

Gunasthariya Shiksya

यार्सागुम्बा टिप्न मानापाथी हिमालको फेदीमा पुगेका स्थानीयबासीले नजिकबाट उडेको जहाज ठोक्कीएको आवाज सुनेको खबर ल्याएर कोवाङ आएका र ट्यागिङ गर्दा पनि मानापाथी हिमाल आसपासको क्षेत्र देखिएकाले त्यहाँ खोजी केन्द्रित गरेका हुन् । लेते प्रहरी चौकीका तीन जना प्रहरी, कुञ्जो–टिटीका दश जना युवाहरुको टोली हराएको जहाज खोज्न लुम्साङ खर्क पुगेर फर्किएका छन् । “टिटीमा जहाज हरायो भनेर मोवाइलमा धेरैले सम्पर्क गरेपछि खाना खाइसकेर साढे दश बजे साथी भाई मिलेर खोजीमा निस्कीएका थियौ,” टिटीका बिक्रम ल्वागनले भन्नुभयो “तीन घण्टा उकालो हिडेर लुप्साङ खर्क पुग्यौ । पाँच बजेसम्म कुहिरोले केही देखिएन । साँझ केही समय कुहिरो हटेको समयमा डाडाबाट वरपर हे¥यौ । केही देखिएन । रात पर्न थालेपछि घर फर्कियौ ।”

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी विमान विहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु छन् । जहाजमा १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक रहेका तारा एयरले जनाएको छ ।

बिहानै देखि थासाङ गाउँपालिकाको लेते, घाँसा, कोवाङ, कुञ्जो, धौलागिरी, टुकुचे र मानापाथी हिमाल आसपासका क्षेत्रमा खोजी थालिएको थियो । लेकमा रहेका चौरी, भेडा गोठाला र यार्सागुम्बा संकलकहरु समेत जहाज खोजीमा परिचालन भएपनि प्रतिकुल मौसमका कारण समस्या भएको उद्दारमा खटिएका इन्द्रसिंह शेरचनले बताउनुभयो ।

उहाँका अनुसार कोवाङ माथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरी र मानापाथी हिमालतर्फ मोडिएको थियो । क्याटेन प्रभाकर घिमिरेले उडाएको जहाजमा कोपाइलज उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा हुनुहुन्छ । जहाजमा युवे विल्नर, रितिका त्रिपाठी, धनुष त्रिपाठी, अकोश कुमार त्रिपाठी, तुलसा देवी तामाङ, सुकुमाया तामाङ, राममाया तामाङ, मकरबहादुर तामाङ, प्रकाश सुनुवार, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ, रविना श्रेष्ठ, गणेशनारायण श्रेष्ठ, बसन्त लामा, माइक ग्रीट ग्य्राफ, राजन कुमार गोले, पुरुषोत्तम गोले, इन्द्रबहादुर गोले र वैभवी बान्डेकर सवार रहेका तारा एयरले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...