तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

Add Samajik bikash office

बेनी, पोखरा देखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्क विहिन वनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा सोमवार बिहान जहाज भेटिएको हो । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाहरुले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्विर पठाएका जानकारी दिनुभयो ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिका अध्यक्ष गौचनले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले भने सेना, शसस्त्र र प्रहरीको टोली घटनास्थलमा पुगिनसकेकाले औपचारिक पुष्टि भइनसकेको बताउनुभयो ।

कोवाङ देखि दुई घण्टा पैदल हिडेर याकखर्क पुगेर राती त्यहाँ बसेका करिब एक सय जना सुरक्षाकर्मीहरुको टोली सोमबार बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेको थियो ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी विमान विहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु छन् । जहाजमा १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक रहेका तारा एयरले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...