हावाहुरीले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा सोमवार अपराहन्नको हावाहुरीले क्षति गरेको छ ।

दिउँसो करिब ३ः३० बजेतिर हावाहुरीले सभाहलको छानो उडाएर क्षति गरेको हो । मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुर रोकाले सभाहलको जस्तापाटाको छाना हावाहुरीले उडाएको बताउनुभयो ।

Bhautik ministry notice about road

सो सभाहलमा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखको कार्यकक्ष, प्रशासन र भण्डारण कक्ष थियो । छानो उडाएपछि पानी पसेर कागजपत्रमा क्षति पुगेको केन्द्रका हेल्थ असिस्टेन्ट यमन नेपालीले बताउनुभयो । ¥याकमा राखिएको औषधीहरु पनि केही मात्रामा क्षति भएको छ ।

Shreekrishna hardwear in news

प्रशासन र भण्डारण कक्षमा क्षति भएपनि बिरामीको उपचार सेवा भने नियमित रहेको केन्द्रले जनाएको छ । क्षति पुगेको भवनको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्ष रोका लगायत टोलीले निरिक्षण गर्नुभएको थियो । केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले सामानलाई सुरक्षित ठाउँमा सारेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...