अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उमेद्वार निर्विरोध

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वारहरु निर्विरोध भएका छन् ।

Bhautik ministry notice about road

मनोनयन दर्ताका क्रममा छ जनाको एकल उमेद्वारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल (भुरुङ्ग–तातोपानी) र मिठु विक (घार खिवाङ) निर्विरोध हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । महिला कार्यपालिका सदस्यमा देवकुमारी पुन (राम्चे नागी), गेममाया पुन (राम्चे नागी), बिष्णुकुमारी गर्बुजा (भुरुङ्ग–तातोपानी) र आशा गुरुङ (दाना) निर्विरोध हुनुभएको छ ।

निर्विरोध निर्वाचित कार्यपालिका सदस्यहरुलाई मंगलबार विजयी भएको प्रमाणपत्र वितरण र सपथ ग्रहण गराइने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । अन्नपूर्णमा अध्यक्ष, उपाध्यक्ष, ८ मध्य पाँच वटा वडाका अध्यक्ष सहित ३० जना जनप्रतिनिधी एमालेले जितेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...