समाचारको विधा

स्थानीय

सामुदायिकतर्फ प्रकाश माविका विद्यार्थीले धेरै जिपिए ल्याए

बेनी, बुधबार सार्वजनिक भएको २०७८ को माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजामा बेनीको प्रकाश माविका विद्यार्थीले सामुदायिक विद्यालयतर्फ जिल्लामै धेरै जिपिए ल्याएका छन् । प्रकाश माविका प्रेम श्रेष्ठले ३.९०, प्रविन सुवेदी र प्रकृति सुवेदीले…

लिटिल गार्डेनका दुई विद्यार्थीले ३.९५ जिपिए ल्याए

बेनी, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीको बेनी नगरपालिका ८ मा रहेको लिटिल गार्डेन एकेडेमीका दुई जनाले ३.९५ जिपिए ल्याएका छन् । बब्लु शाह र उत्सव सापकोटाले ३.९५ जिपिए ल्याएका लिटिल गार्डेन एकेडेमिका प्रिन्सीपल दिपक…

अन्नपूर्णमा एक वर्षमा करिब १६ किलोमिटर सडक निर्माण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा करिब १६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको अन्नपूर्ण गाउँपालिकाको विभिन्न ठाउँमा एक वर्षको अवधिमा १५.९४ किलोमिटर सडकको मार्ग खोलिएको…

बेनीमा गठेमंगल पर्व मनाइयो

बेनी । बेनीमा मंगलबार गठेमंगल पर्व मनाइएको छ । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शीका दिन गठेमंगल पर्व मनाउने चलन रहेको छ । परम्परागत समाजमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको प्रतिकात्मक बुख्याँचालाई बजार घुमाएर बध गरी…

ग्रिन बैंकद्धारा पात्लेखेतका लाभग्राहीलाई वडामै भत्ता बाँडियो

बेनी,। बेनी नगरपालिका–१० पात्लेखेतका लाभग्राहीहरुलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बेनी नगरपालिकाको १० नम्बर वडा कार्यालयको समन्वयमा ग्रिन बैंकको बेनी शाखाका कर्मचारीहरुले पात्लेखेत स्थित वडा कार्यालयबाट भत्ता वितरण…

गलेश्वरमा साउनको दोस्रो सोमबार तीन लाख १८ हजार भेटि संकलन

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको दोस्रो सोमबार रु. तीन लाख भन्दा बढी भेटि संकलन भएको छ । सोमबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय…

गुर्जामा जुवातास प्रतिबन्धलाई निरन्तरता, तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न लगाइएको प्रतिबन्धलाई निरन्तरता दिइएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधीले शुरु गरेको जुवातास खेल्न नदिने निर्णयलाई आइतबार बसेको वडाका जनप्रतिनिधीहरुको बैठकले निरन्तरता दिने…

गलेश्वरममा भक्तजनको घुईचो

सजिना खड्का (प्रतिक्षा)बेनी, । साउन महिनाको दोस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा बिहानैदेखि भक्तजनको घुईचो लागेको छ । हिन्दु धर्मावलम्बीहरुका भगवान शिवको प्रिय महिना साउनको सोमबारका दिन गलेश्वरमा पुजाआजा र दर्शन गर्ने…

ल्याम्हःपुचःको नयाँ नेतृत्व चयन

बेनी, नेपाल भाषा मंकाःखल म्याग्दी अन्तरगतको ल्याम्हःपुचःको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । जेनेस श्रेष्ठको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षमा सतिष श्रेष्ठ, सचिवमा सुदिप श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप श्रेष्ठ,…

बेनीमा पर्यटकीय आकर्षण बढाउन सम्भावना खोजिदै

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार आसपासका क्षेत्रमा साहसिक पर्यटनको विकासका लागि सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीमा भित्र्ने पर्यटकको बसाई लम्बाउन गन्तब्य पहिचानका लागि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष प्रमोदकुमार…