धवलागिरीको विशेष गाउँसभा र प्रगति समिक्षा

Sinchai Khanipani notice

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । मुनामा मंगलबार भएको विषेश गाउँसभामा विषयगत शाखाका प्रमुखहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा समिक्षा गरिएको थियो ।

पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पञ्जिकरण र लघुउद्यम शाखाका प्रमुखहरुले जनप्रतिनिधीहरु समक्ष प्रतिवेदन पेश गर्नुभएको थियो । पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले १३२ वटा उपभोक्ता समिति, ६ वटा ठेक्का मार्फत र २४ वटा प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना सम्पन्न भएका जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

हेम नमुना आवासीय माविको छात्रावास, मुना स्वास्थ्य चौकी, खारा–खाम्ला, राम्चे–बुल, मुदी–खिवाङ सडक निर्माण सकिएको छ । गुर्जा स्वास्थ्य चौकी, लुलाङ, ताकम वडा कार्यालय भवन, लुलाङ खानेपानी आयोजना अन्तिम चरणमा छन् । ताकममा ५ शैया क्षमताको अस्पताल भवन, मराङ खानेपानी आयोजना निर्माणाधिन तथा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

गत वर्ष १४.३ किलोमिटर नयाँ सडकको मार्ग निर्माण, ७ वटा झोलुङ्गे पुल, धारापानी–ताकम–मच्छिम–मुना सडकको २.९ किलोमिटर ग्राभेल, १७.५५ किलोमिटर पदमार्ग, ५ वटा सामुदायिक भवन, ७ वटा खेलमैदान, ६ वटा खानेपानी, ९३० मिटर ढल, ३ वटा मठमन्दिर निर्माण र ३ वटा लघुजलविद्युत परियोजना मर्मत भएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखाका प्राबिधिक सहायक ख्यामराज सुवेदीले आवासीय विद्यालयबाट ३० जना विद्यार्थी लाभान्वित भएका, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारिएको, दरबन्दि कम भएका विद्यालयमा गाउँपालिकाले मावि तहमा ७ र निमावीका ५ जना शिक्षक नियुक्त गरेको, विद्यालय सहायक कर्मचारीलाई मासिक प्रोत्साहन रकम उपलब्ध गराइएको र दरखोला बालविकास केन्द्र सञ्चालन गरिएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक देविन्द्र पुनले २४ वटा योजनामा २१४ जनालाई रोजगार दिइएको, चालु आर्थिक वर्षका लागि ७९९ जना बेरोजगार सुचिकृत र २५ वटा योजना छनौट भएको बताउनुभयो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत १२५ जनालाई पहिलो ७३ जनालाई दोस्रो र ५३ जनालाई तेस्रो चरणमा सिपमुलक तालिमका साथै प्रविधि हस्तान्तरण गरिएको छ । ४७ जना उद्यमीको स्तरोन्नति भएको छ । दुई हजार ८१६ जनालाई रु. नौ करोड ३७ लाख १२ हजार ५३१ सामाजिक सुरक्षा भत्ता वितरण र एक हजार ७४७ व्यक्तिगत घटना दर्ता भएको छ । २० थान मिनिटेलर र १५ थान थ्रेसर ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि शाखाले रु. १२ लाख बजेट बिनियोजन भएको पकेट क्षेत्रको कार्यक्रम कार्यान्वयन हुन नसकेको जनाएको छ ।

स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले एम्बुलेन्स, सुनौला हजार दिनका आमासँग अध्यक्ष, महिलाहरुको पाठेघर सम्बन्धी रोगको स्किनिङ शिविर, क्षयरोग खोजतलास र समुदायमा आधारित नवशिशु तथा बालरोग सुधार कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।

विभिन्न तहका ५८ जना कर्मचारीको दरबन्दि भएको गाउँपालिकामा हाल ७ जना करार सहित २४ जना मात्र कार्यरत छ । रिक्त ३४ जनाको पदपुर्तिका लागि लोक सेवा आयोगमा माग गरिएको प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले बताउनुभयो ।

उहाँका अनुसार गाउँसभामा गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको बाँकी भुक्तानी गर्ने निर्णय भएको छ । बेरुजु फस्यौटका लागि लेखा समितिलाई आगामी सभामा प्रतिवेदन पेश गर्न सभाले निर्देशन दिएको छ । सभामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले कार्ययोजना बर्नार चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम समयमै कार्यान्वयन गर्ने वातावरण बनाउन जनप्रतिनिधी र कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।

्र

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...