अन्नपूर्ण गाउँपालिकामा सुत्केरीलाई भाले उपहार

Gandaki Ghumau


बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतिलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ ।

गर्भवति र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भपरिक्षण गराउने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति हुने, बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले उपहार दिन थालिएपछि गर्भ र सुत्केरी परिक्षण गराउने दर ३२ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको जानकारी दिनुभयो । घरमा असुरक्षित प्रसुति हुने र नियमित गर्भपरिक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहार सहित विभिन्न सन्देशमुलक अभियान सञ्चालन गरेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

“तोकिएको मितिमा चार पटक गर्भपरिक्षण गर्दा हरेक पटक एक÷एक क्रेट अण्डा र संस्थागत प्रसुति हुनेलाई एक वटा कुखुराको भाले दिने गरेका छौ,” स्वास्थ्य शाखा प्रमुख बरुवालले भन्नुभयो “सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा दिन्छौ ।”

आर्थिक वर्ष २०७८÷७९ मा अन्नपूर्ण गाउँपालिकामा १२७ जनाले संस्थागत प्रसुति सेवा लिएका छन् । उनिहरु मध्य ४५ जना पालिका भित्रकै स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । ८ वटा वडा रहेको अन्नपूर्णको १ दोवा, ३ दाना र ४ नारच्याङ बाहेकका स्वास्थ्य संस्थामा प्रसुति केन्द्र छन् ।

वडा नम्बर ५ मा पर्ने पाउद्धारको सामुदायिक स्वास्थ्य इकाईमा पनि प्रसुति केन्द्र सञ्चालन भएको छ । नियमित गर्भ र सुत्केरी परिक्षण गराउदाँ आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा रु. छ लाख बिनियोजन भएको यो कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा पनि रु. छ लाखनै बिनियोजन गरेर निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ । गर्भवति र सुत्केरीको खानपान, सरसफाई र स्याहार सुधारमा जागरण आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...