स्मार्ट कक्षा सञ्चालन गर्न विद्यालयलाई सूचना प्रविधिका सामग्री सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गर्न सूचना प्रविधिका सामग्री सहयोग गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वयमा सामुदायिक विकास परियोजना सञ्चालन गर्ने संगम म्याग्दीले सामाग्री प्रदान गरेको हो ।

वुद्धिविकास माध्यामिक विद्यालय, मुदी र जनविकास माध्यामिक विद्यालयलाई ल्याप्टप, प्रोजेक्टर, प्रिन्टर, साउन्ड बक्स, पेन ड्राइभ लगाएतका सामाग्री विद्यालयहरुलाई हस्तान्तरण गरिएको संगम शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढामगरले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“आधुनिक सुचना प्रविधिको प्रयोग गरि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले सामग्री सहयोग गरिएको हो,” उहाँले भन्नुभयो “प्रबिधिको प्रयोगले शिक्षकलाई सहज र विद्यार्थीको रुची र सिकाई उपलब्धी बढ्ने अपेक्षा गरिएको छ ।”

संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेलले वुद्धीविकास माविका शिक्षक चिरञ्जिवी पौडेल र जनविकास माविका व्यवस्थापन समिति अध्यक्ष यमन के.सी.लाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

धवलागिरी गाउँपालिकाको शिक्षाको गुणस्तर वृद्धि गर्नकोलागि धवलागिरी गाउँपालिकाको समन्वयमा, गुड नेवर्स इन्टरनेशनल नपालको आर्थिक तथा प्राविधिक सहयोगमा संगम म्याग्दीले सन् २०२१ देखी सुचना प्रविधि सामाग्री र सो सम्बन्धी क्षमता विकासका तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...