बालमन्दिरमा रु दुई लाखको अक्षयकोष

Gandaki Pardesh notice

बेनी,। बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा शुक्रबार रु. दुई लाखको अक्षयकोष स्थापना भएको छ ।

दशै विशेष खेलकुद सप्ताहको अवसरमा भएको विविध खेलकुद, सांस्कृतिक तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण र शुभकामना आदानप्रदान कार्यक्रममा कोषका लागि रकम हस्तान्तरण गरिएको हो ।

Bhautik ministry notice about road

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर चर्मकारले छोरा प्रेम चर्माकार (हाल अमेरिका)को तर्फबाटबाट अक्षयकोष निर्माणका लागि रु. दुई लाखको चेक प्रअ सुरेन्द्र केसीलाई हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

वडा अध्यक्ष उत्तम कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...