मालिकामा क्षमता अभिवृद्धि र महिनावारी स्वच्छता तालिम

Sinchai Khanipani notice

बेनी, । मालिका गाउँपालिकाको केन्द्रमा स्वास्थ्य संस्थाको व्यवस्थापन समितिका पदाधीकारीलाई क्षमता अभिवृद्धि र शिक्षकहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना अन्तरगत कदम म्याग्दीको आयोजनामा दुई÷दुई दिनको फरक–फरक तालिम सञ्चालन भएको हो ।
भदौ ३० र ३१ गते सञ्चालन भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिको क्षमता अभिवृद्धि तालिममा मालिका–२,३ र ४ तथा धवलागिरीको ५ र ७ नम्बर वडाका स्वास्थ्य चौकी व्यवस्थापन समितिका १६ जनाको सहभागिता थियो । तालिमको मालिका –६ का वडा अध्यक्ष पथबहादुर रोकाले उद्घाटन गर्नुभएको थियो ।
मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्की र कदमका जनस्वास्थ्य अधिकृत निरमाया मिजारले समुदायमा स्वास्थ्य र सरसफाईका गतिबिधिको महत्व, चरण, समुदाय परिचालनका माध्यम, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उपाय, व्यवस्थापन समितिको काम कर्तब्य र अधिकारका विषयमा सहजिकरण गर्नुभएको थियो ।
यसैगरी भदौ ३१ र असोज १ गते मालिका–२, ३, ४ नम्बर वडाका ५ र धवलागिरीका ३ वटा विद्यालयका १६ जना शिक्षकहरुलाई महिनावारीको समयमा छात्रालाई सहज वातावरण बनाउने उद्देश्यले महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धित तालिम दिइएको छ ।

Bhautik ministry notice about road


मालिका गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजाल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर बिजय शर्मा र परियोजनाका जनस्वास्थ्य अधिकृत निरमाया मिजारले तालिमको सहजिकरण गर्नुभएको थियो ।
तालिमको समापन मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र उपाध्यक्ष लक्ष्मीदेवी घर्तिको उपस्थितिमा गरिएको थियो । उहाँहरुले छरिएको र दुर्गम वस्तिमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको र स्वास्थ्य संस्थाको सेवालाई गुणस्तरीय बनाउन व्यवस्थापन समितिको महत्वपूर्ण जिम्मेवारी हुने बताउनुभयो ।
स्वास्थ्य र सरसफाईका कार्यक्रममा महिनावारी स्वच्छता व्यवस्थापनलाई पनि जोडेर विद्यालयमा छात्राहरुलाई महिनावारी भएको समयमा पनि पढ्ने वातावरण बनाउन निशूल्क सेनेटरी प्याड उपलब्ध गराइएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...