लिटल गार्डेनका स्मृति निबन्ध प्रतियोगितामा प्रथम

Sinchai Khanipani notice

बेनी, । म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ ।
१५ औं पुस्तकालय दिवसको अवसरमा ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ विषयमा आयोजित प्रतियोगितामा लिटल गार्डेनकी स्मृति शर्मा प्रथम, बेनी सामुदायिक माविका हिमाल आचार्य द्धितिय र जामुनाखर्क माविका उत्सव पौडेलले तृतिय भएका छन् ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले प्रतियोगितामा विजेतालाई क्रमश ५ हजार, ३ हजार, १५ सय नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रमुख अतिथि थापाले पुस्तकालयले पठन संस्कृतिको विकास गर्ने तथा विद्यार्थीको पढाईस्तरमा समेत सहयोग हुने बताउनुभयो ।
‘पुस्तकालयको प्रयोग गर्ने विद्यार्थीको पढाईको स्तरमा समेत सघाउँछ, शैक्षिक प्रगतिका लागी नियमित पुस्तकालयको प्रयोगमा जोड दिनुपर्छ’ प्रमुख अतिथि थापाले भन्नुभयो । सोही अवसरमा पुस्तकालयका पुर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले समुदाय र विभिन्न संघसंस्थाको सहयोगमा पुस्तकालय स्थापना गरिएको बताउनुभयो ।
पुस्तकालयबाट हुने कार्यक्रममा उल्लेखनीय सहभागिताको अपेक्षा गरिएको बताउनुभयो । पुरस्कार वितरणको अवसरमा विद्यालयलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो । पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता अध्यक्ष रावल, स्वागत पूर्व अध्यक्ष श्रेष्ठ र सञ्चालन कार्यसमिति सदस्य हरिकृष्ण गौतमले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...