समाचारको विधा

स्थानीय

मंगलामा ८१ प्रतिशत बजेट खर्च

बेनी । म्याग्दीको मंगला गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ८१ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४० करोड ९१ लाख ३५ हजार ७७३ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३६ करोड ५६ लाख आठ हजार ७९३ अथवा ८१.३८ प्रतिशत खर्च

बेनी नगरपालिकाको असी प्रतिशत बिकास बजेट खर्च

चार सय योजना कार्यान्वयन बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा करिब चार सय वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको छ । ४०९ वटा योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन भएकोमा ३९८ वटा कार्यान्वयन भएका

कालीगण्डकीबाट अबैध रुपमा निकालिएको बालुवा लिलामी गरिने

उत्खनन्मा प्रयोग भएका सवारी साधनलाई जरिवाना बेनी । म्याग्दीको बेनी नगरपालिका–१ को विभिन्न ठाउँमा ठेक्का सम्झौता बिनै सरकारको निर्णय र अदालतको आदेश बिपरित निकालिएको बालुवा जफत गरेर लिलामी गरिने भएको छ । जिल्ला समन्वय समिति

सडक भासिएपछि शिख र घारमा सिधा यातायात सम्पर्क बिच्छेद्

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को कुरमुनीमा पोखरेबगर–चित्रे सडक भासिएको छ । पहिरोले ढलान भएको सडक भासिएपछि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिबाङ, शिख, फलाते, चित्रे हुदै पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा सिधा यातायात

धवलागिरीका लक्षित समुदायलाई सामाजिक सुरक्षा भत्ता बितरण सुरु

धौलागिरी खबर फलोअप समाचार बेनी । म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायलाई गत आर्थिक वर्ष २०७७÷७८ को सामाजिक सुरक्षा भत्ता आठ महिनापछि बितरण गर्न थालिएको छ । प्रभु बैंक लिमिटेडको शाखाले बुधबारदेखि ताकमका जेष्ठ नागरिक, दलित

मंगलाको भाइबाङमा पहिरोले तीन परिवार बिस्थापित

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ भाइबाङमा पहिरोबाट तीन परिवार बिस्थापित भएका छन् । बस्ती देखि ३०० मिटर माथिबाट पहिरो खस्न थालेपछि जोखिममा रहेका तीन परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अलपत्र योजनालाई गति दिन मालिकाका वडा अध्यक्षहरुको प्रशासनको ध्यानाकर्षण

बेनी । म्याग्दीको मालिका गाउँपालिकाका वडा अध्यक्षहरुले अलपत्र योजना निर्माणलाई गति दिन स्थानीय प्रशासन मार्फत सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् । वडा अध्यक्षहरुको टोलीले बुधबार प्रजिअ गणेशबहादुर अधिकारीलाई भेटेर संघ र प्रदेश

धवलागिरीका लक्षित समुदायले आठ महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाएनन्

बेनी । म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायले गत आर्थिक वर्ष २०७७÷७८ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । ताकम स्थित प्रभु बैंक लिमिटेडको शाखाको कमजोरीले जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका

बेनीको बगरमा नदीको दोहन र बालुवा चोरी

बेनी । म्याग्दीको बेनी स्थित कालीगण्डकी नदीको बगरबाट ठेक्का सम्झौता बिनै बालुवा उत्खनन भएको छ । बेनी–१ को आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन गरि चोरी निकासी भएको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर

दिवंगत छोराको स्मृतिमा अस्पताललाई सहयोग

बेनी । बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु ३ लाख ७१ हजार मुल्य बराबरको सहयोग गर्नुभएको छ । दिवंगत छोरा डा. मंगल केसीको १२ औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ्ग बेड सेट, ६