बेनपा–७ को अध्यक्षमा गठवन्धनका रमेश श्रेष्ठ निर्वाचित

Gandaki Pardesh notice

बेनी, । म्याग्दी जिल्लाको मुख्य प्रशासनिक केन्द्र रहेको बेनी नगरपालिका–७ को वडा अध्यक्षमा नेपाली काँग्रेस र माओवादीको गठवन्धनतर्फ काँग्रेसका उमेद्वार रमेश श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आइतबार भएको मतगणनाको परिणाम अनुसार श्रेष्ठले ३२४ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका राजेन्द्र श्रेष्ठले २७० र स्वतन्त्र उमेद्वार कृष्णप्रसाद शाक्यले १०५ मत पाउनुभयो ।

Bhautik ministry notice about road

गत चुनावमा एमालेका राजेन्द्रले काँग्रेसका रमेशलाई पराजित गरेर वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो । वडा सदस्यमा गठवन्धनबाट काँग्रेसका सोहन श्रेष्ठ, सिर्जना श्रेष्ठ, माओवादीकी सुजता किसान र एमालेबाट रमेशकुमार फगामी निर्वाचित हुनुभएको छ ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकाको ७ सहित ६ वटा वडाको मतगणना सकिदाँ मेयरमा एमालेका सुरत केसीले चार हजार ६६०, काँग्रेसका चिरञ्जिवी शर्माले तीन हजार ७५४, उपप्रमुखमा माओवादीकी ज्योती लामिछाने पौडेलले चार हजार ४७१ र एमालेकी पशुपति शाहीले तीन हजार ९५ मत पाउनुभएको छ । वडा नम्बर ६ को मतगणना जारी छ । वडा नम्बर ७ को मतगणना शुरु भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...