धवलागिरी–६ मराङमा एमालेका राजाराम उपाध्यायको प्यानल विजयी

Gandaki Pardesh notice

वेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार राजाराम उपाध्यायको प्यानल विजयी भएका छन् ।

दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा ४११ मत ल्याएर उपाध्याय विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धन तर्पवाट माओवादीका उमेद्वार चक्र पुनले ३८० मत पाउनुभयो । उपाध्याय ३१ मतान्तरले विजयी हुनुभएको हो ।

Bhautik ministry notice about road

वडा सदस्यमा एमालेका गमन जुग्जाली, श्रीप्रसाद गर्वुजा, गोरी जुग्जाली र मनकुमारी लामगारे निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

६ वटा वडाको मतगणना सकिदाँ अध्यक्षमा गठवन्धनबाट काँग्रेसका प्रेमप्रसाद पुनको दुई हजार १६६, एमालेकी थमसरा पुनको दुई हजार १३३, उपाध्यक्षमा गठवन्धनवाट माओवादीका रेशम पुनको दुई हजार २३४ र एमालेका प्रगति कार्कीले एक हजार ८४५ मत पाउनुभएको छ । वडा नम्वर ७ को तीन वटा मतदान केन्द्रको एक हजार ७५० मत गणना गर्न वाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...