बेनपा–६ र ८ मा एमाले विजयी, मेयरमा सुरज, उपयमेयरमा ज्योतिको फराकिलो मतान्तर

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ र ८ मा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् ।

वडा नम्बर ६ मा एमालेका कृष्णसिंह वानिया दोस्रो कार्यकालका लागि एक हजार ३६ मतका साथ वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । सो वडाको सदस्यहरुमा एमालेका कृष्णदत्त पौडेल, इश्वर पौडेल, सारदा थापा र राधिका विश्वकर्मा निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनको तर्फबाट वडा अध्यक्षका उमेद्वार माओवादीका नगेन्द्रबहादुर खत्रीले ७३२ मत पाउनुभयो ।

Bhautik ministry notice about road

वडा नम्बर ८ मा एमालेका उत्तम कर्माचार्यले चार मतान्तरले वडा अध्यक्ष जित्नुभएको छ । कर्माचार्यले ३१७ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी गठवन्धनबाट उमेद्वार बनेका हिमवहादुर भण्डारीले ३१३ मत पाउनुभयो ।

Shreekrishna hardwear in news

वडा सदस्यमा काँग्रेसका हिरा पुन, एमालेका यामबहादुर बानिया, नरु थजाली र जानकी विक निर्वाचित हुनुभएको छ । ८ वटा वडाको मतगणना सकिदाँसम्म मेयरमा एमालेका सुरत केसीले छ हजार १५६, काँग्रेसका चिरञ्जिवी शर्माले चार हजार ६८४, उपमेयरमा माओवादीकी ज्योती लामिछाने पौडेलले पाँच हजार ६५६ र एमालेकी पशुपति शाहीले चार हजार २४७ मत पाउनुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...