धवलागिरीमा गठवन्धन विजयी

Sinchai Khanipani notice

म्याग्दी,म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् ।

स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । गठवन्धनबाट अध्यक्षमा काँग्रेसका प्रेमप्रसाद पुनले तीन हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले दुई हजार ८१२ मत पाएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

अध्यक्षमा नेकपा एमालेकी उमेद्वार थमसरा पुनले दुई हजार ५४८ र उपाध्यक्षमा एमालेका प्रगति कार्कीले दुई हजार ६१८ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात वटा वडा रहेको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेसले २, एमालेले ३ र माओवादीले २ वटा वडामा अध्यक्ष जितेका छन् ।

Shreekrishna hardwear in news

वडा नम्बर १ मा गठबन्धनबाट माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा काँग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ति, ५ मा काँग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित हुनुभएको छ ।

Bhautik ministry notice about road

खत्रीले ७५२ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी एमालेका खुमबहादुर थापा (राजु)ले ६१८ मत पाउनुभयो । वडा सदस्यहरु गठवन्धनका उमेद्वार निर्वाचित भएका छन् । १० हजार ९४० मतदाता रहेको धवलागिरीमा ६१ दशमलब १८ प्रतिशत अथवा छ हजार ६९४ मत खसेको थियो । ३७ पदका लागि ८४ जना प्रतिस्पर्धामा थिए ।

म्याग्दीको ६ वटा मध्य चार वटा स्थानीय तह र ३६ वटा वडाको मतगणना सकिएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन् ।

रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेका प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित हुनुभएको छ ।

मतपरिणाम सार्वजनिक भएका ३६ वटा वडा मध्य एमालेले १६, काँग्रेसले १३ र माओवादीले ६ वटा वडामा जित हाँसिल गरेका छन् । १० वटा वडा, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...