चिमखोलामा प्रहरी पोष्ट स्थापना

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा शुक्रबार वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ । डिभिजन बन कार्यलय म्याग्दीको आयोजनामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेलले वातावरण सम्बन्धी कानुनको

नेराकसनी म्याग्दीको अध्यक्षमा अञ्जन खत्री

बेनी । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति म्याग्दीको अध्यक्षमा अञ्जन खत्री चयन हुनुभएको छ । बेनीमा शुक्रवार सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा

वडा सदस्य अर्मजाले जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेर जन्मदिन मनाए

बेनी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले जन्मदिनको अवसरमा मल्लाजको दिवाकालिन सेवा केन्द्रमा न्यानो कपडा बितरण गर्नुभएको छ । बाँसखर्कको मलगाउँ निवासी अर्मजा र उहाँका साथी बिशाल केसीले बिहिबार मल्लाजको शिवालय

कोरोना संक्रमणदर घटेपछि म्याग्दीमा खुकुलो बनाउन थालियो

दुर्गा आचार्य गौतम बेनी । म्याग्दीका पर्यटकीय, धार्मिक स्थल र तातोपानी कुण्ड फागुन १ गतेदेखि खुलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन समन्वय केन्द्रको बैठकले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड

अर्थमन्त्री बरालद्धारा बनौमा बौद्ध बिहार शिलन्यास

बनौ (पर्वत) । पर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण शुरु भएको छ ।सरकारी निकाय र दाताहरुबाट सहयोग जुटाएर करिब एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहिबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलन्यास

बिद्युतीय राहदानीका लागि जिल्ला प्रशासनमा आवेदन दर्ता शुरु

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिद्युतीय राहदानीका लागि आवेदन संकलन शुरु भएको छ । उपकरण ब्यवस्था र कर्मचारीलाई तालिम दिएपछि बुधबारदेखि बिद्युतीय राहदानी (ई–पासपोर्ट)को आवेदन संकलन शुरु गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी

म्याग्दीका ५१ पशुपंक्षी फार्म अनुदानका लागि छनौट

बेनी । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक बर्ष २०७८÷७९ मा तीन वटा कार्यक्रम मार्फत ५१ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ । साना पशुपंक्षी तथा मत्स्य ब्यवसाय फार्म बिस्तार तथा स्थापना गर्न

दरबाङमा नदी नियन्त्रण योजना शुरु

दरबाङ, । म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना शुरु भएको छ । मालिका गाउपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण शुरु भएको हो ।

बेनीका एमाले कार्यकर्तालाई प्रशिक्षण

बेनी । नेकपा एमाले बेनी नगर कमिटिले बुधबार अगुवा कार्यकर्तालाई नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण दिएको छ । एमाले पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्वीनी प्रदेश कमिटि सदस्य रामबहादुर रावतले प्रशिक्षण दिनुभएको हो