धौलागिरि खबर

म्याग्दीका ५१ पशुपंक्षी फार्म अनुदानका लागि छनौट

Hariyali Groups Pvt Ltd

बेनी । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक बर्ष २०७८÷७९ मा तीन वटा कार्यक्रम मार्फत ५१ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ ।

साना पशुपंक्षी तथा मत्स्य ब्यवसाय फार्म बिस्तार तथा स्थापना गर्न ४०, नयाँ मत्स्य पोखरी निर्माणका लागि ७ र माछा मासु तथा डेरी पसल निर्माण सुधारका लागि चार वटा फार्म छनौट भएका हुन् । केन्द्रबाट उनिहरुले रु. ५८ लाख पचास हजार अनुदान पाउने भएका छन् ।

केन्द्रका सूचना अधिकारी तथा पशु सेवा प्राबिधिक सुभाष रेग्मीले छनौट भएका ५१ वटा फार्मका सञ्चालकसँग अनुदान उपलब्ध गराउने सम्झौता गरिसकेको जानकारी दिनुभयो । “सार्वजनिक सूचना जारी गरेर प्राप्त भएको आवेदनहरुको स्थलगत मुल्याङ्कन गरेर कार्यबिधी अनुसार छनौट र सम्झौता गरिएको हो,” उहाँले भन्नुभयो “कुल लागतको पचास प्रतिशत अनुदान उपलब्ध गराउने र आधा रकम सञ्चालकले ब्यहोर्नुपर्ने सम्झौता छ ।”

Rara Auto Mobiels
Chadani auto head

कुल रु. ५२ लाख पचास हजार बजेट बिनियोजन भएको साना पशुपंक्षी फार्म बिस्तार तथा स्थापना कार्यक्रमका लागि १५८ वटा आवेदन परेको थियो । रु. दुई लाख बजेट बिनियोजन भएको नयाँ मत्स्य बिकास कार्यक्रम र रु. चार लाख बजेट रहेको माछा मासु तथा डेरी पसल निर्माण सुधार कार्यक्रममा आठ÷आठ वटा आवेदन परेका थिए ।

बाख्रा, गाईभैसी, बंगुर, कुखुरापालनका पुराना फार्मको क्षमता बिस्तार र नयाँ फार्म स्थापना गर्न रु.एक लाख ३२ हजार २५०का दरले अनुदान पाउने केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो । नयाँ मत्स्य पोखरी निर्माणका लागि रु. पचास हजारका दरले र मासु, डेरी पसलले रु. एक लाखका दरले अनुदान पाउने भएका छन् ।

दूध, माछा, अण्डा उत्पादन बढाएर आत्मनिर्भर बनाउने र पशुपालनतर्फ आकर्षण बढाउन गण्डकी प्रदेश सरकारको योजना अनुसार अनुदान दिन लागिएको हो । छनौट भएका सबै फार्मका सञ्चालकहरुलाई अभिमुखीकरण गरिएको थियो । बाँकी कार्यक्रमका लागि पुन सूचना आव्हान गरिएको केन्द्रले जनाएको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...