दरबाङमा नदी नियन्त्रण योजना शुरु

Gandaki Ghumau

दरबाङ, । म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना शुरु भएको छ ।

मालिका गाउपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण शुरु भएको हो । मालिका गाउँपालिकाले रु. एक करोड भन्दा बढीको लगानीमा दरबाङ बजार संरक्षण योजना शुरु गरेको अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।

“दुई वटा प्याकेजमा काम शुरु भएको छ,” उहाँले भन्नुभयो “बर्खा अघिनै चैत महिनाभित्र नदी नियन्त्रणको काम सक्ने लक्ष्य सहित ठेकेदार परिचालन भएका छन् ।” गाउँपालिकाले चालु आर्थिक बर्षमा रु. एक करोड बिनियोजन गरेको थियो । प्रतिस्पर्धाका क्रममा कार्यशक्ति कन्ट्रक्सन काठमाडौले रु. ६४ लाखमा ठेक्का सम्झौता गरेको छ ।

Shreekrishna

गाउँपालिकाका इञ्जिनियर नमोनारायण ढुङ्गानाले ५६ मिटर लामो र सात मिटर अग्लो आरसिसी पक्की पर्खाल निर्माण गर्न लागिएको बताउनुभयो । गत मंसिर २८ गते सम्झौता गरेका ठेकेदारले नदी किनारमा पर्खाल निर्माणका लागि खोलाको पानी डाइभर्सन गरेर जग खन्न शुरु गरेका छन् ।

Gunasthariya Shiksya

गत बर्ष हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्सनले रु. ५६ लाखमा ठेक्का लिएको ४२ मिटर लामो र सात मिटर अग्लो आरसिसी पर्खाल निर्माण गर्ने योजनालाई पनि यसै बर्ष पूर्णता दिन म्याद थप भएको छ । रु. ८० लाख बिनियोजन भएकोमा हिमालयन बिल्डर्सले रु. ५६ लाखमा ठेक्का लिएको हो ।

गत असार १ गते म्याग्दी नदीमा बाढी आएपछि पर्खाल निर्माणको काम रोकिएको थियो । निर्माणाधिन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक वटा घर, जनप्रिय माबिको भवन र खेलमैदान भत्किएको थियो । थप कटान हुन नदिन म्याग्दी नदी किनारको जोखिमयुक्त सबै भागमा पक्कि पर्खाल निर्माण गर्न लागिएको वडा अध्यक्ष सन्तोष सुबेदीले बताउनुभयो ।

आर्थिक वर्ष २०७६÷७७ मा मालिका गाउपालिकाको रु. ५५ लाख र संघीय सांसद भुपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत रु. २५ लाख बजेटबाट उपभोक्ता समिति मार्फत ४५ मिटर लामो, ७ मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिस पक्की पर्खाल निर्माण भएको थियो ।

करिब तीन सय घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ । बि.स. २०७६ सम्म हिउँदमा ग्याबीयन पर्खाल निर्माण गर्ने र बर्खामा बाढीले बगाउने समस्या थियो ।

२०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रबिधीको पर्खाल बनाउने योजनालाई निरन्तरता दिएको वडा अध्यक्ष सुबेदीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...