धौलागिरि खबर

नेराकसनी म्याग्दीको अध्यक्षमा अञ्जन खत्री

Hariyali Groups Pvt Ltd

बेनी । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति म्याग्दीको अध्यक्षमा अञ्जन खत्री चयन हुनुभएको छ ।

बेनीमा शुक्रवार सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा त्रिविक्रम शर्मा, महिला उपाध्यक्षमा रुपा विक, उपाध्यक्षमा गोविन्द पुन, सचिबमा खगेन्द्र विक, सह–सचिबमा सुदिप खत्री र कोषाध्यक्षमा नरेन्द्र विक चयन हुनुभएको छ ।

Rara Auto Mobiels
Chadani auto head

जिवनप्रसाद शर्मा आचार्य, शालिकराम पौडेल, विष्णु पौडेल सल्लाहकारमा चयन हुनुभएको छ । जिल्ला अधिवेशनबाट भिमबहादुर खड्का, सुभाष रेग्मी केन्द्रिय प्रतिनिधिमा चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै संगठनका केन्द्रिय सदस्य भिमबहादुर खड्काले कर्मचारीहरुका हक, हित र अधिकारका लागि संगठनले रचनात्मक पहलकदमी गर्दै आएको बताउनुभयो । अधिवेशनमा नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जाली, गण्डकी प्रदेश कमिटि सदस्य ज्योति लामिछाने, बेनी नगरकमिटी अध्यक्ष शेरबहादुर केसी, लगायतले मन्तव्य राख्नुभएको थियो ।

जिल्ला अधिवेशन आयोजक समितिका संयोजक सुवास रेग्मीको अध्यक्षता, शालिकराम पौडेलको स्वागत खगेन्द्र विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...