वडा सदस्य अर्मजाले जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेर जन्मदिन मनाए

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले जन्मदिनको अवसरमा मल्लाजको दिवाकालिन सेवा केन्द्रमा न्यानो कपडा बितरण गर्नुभएको छ ।

बाँसखर्कको मलगाउँ निवासी अर्मजा र उहाँका साथी बिशाल केसीले बिहिबार मल्लाजको शिवालय मन्दिरमा भजनकिर्तन गरेर दिन बिताउने जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गर्नुभएको हो ।

Bhautik ministry notice about road

१५ जना जेष्ठ नागरिकहरुलाई एक÷एक थान न्यानो कपडा बितरण गरेको अर्मजाले बताउनुभयो । मल्लाजको शिवालय मन्दिरमा जेष्ठ नागरिकहरु दिउँसोमा जम्मा भएर भजन किर्तन गर्छन् । बि.स. २०७४ को स्थानीय तह निर्बाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्बाचित अर्मजाले गत बर्ष जन्मदिनको अवसरमा बागलुङको मानवसेवा आश्रममा भोजन गराउनुभएको थियो ।

Shreekrishna hardwear in news

त्यसअघि गाउँकै बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गर्नुभएको थियो । राष्ट्रिय मगर संघको पर्वत जिल्ला सचिब अर्मजा बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध आवद्ध हुनुहुन्छ । अर्मजाले जनप्रतिनिधीको हैसियतमा पाउने सुबिधा सामाजिक क्षेत्रमा खर्च गरेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...