अर्थमन्त्री बरालद्धारा बनौमा बौद्ध बिहार शिलन्यास

Gandaki Ghumau

बनौ (पर्वत) । पर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण शुरु भएको छ ।
सरकारी निकाय र दाताहरुबाट सहयोग जुटाएर करिब एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहिबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलन्यास गर्नुभयो ।


उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट रु. ५ लाख, कोरीया समुहबाट रु. ५७ हजार, डब बहादुर गर्बुजाबाट रु. ५० हजार, स्थानिय पूर्ण बहादुर पाइजाबाट रु. ३५ हजार, प्रेम बहादुर पुर्जाबाट रु. ३० हजार भुवनसिंह पुनबाट रु. २५ हजार लगायतबाट सहयोग प्राप्त भएको छ ।

Shreekrishna
Gunasthariya Shiksya


शिलन्यास कार्यक्रममा मन्त्री बरालले जसको नीति उसैको नेतृत्व भएमा मात्र समृद्धि हासिल गर्न सकिने बताउनुभयो । “परिवर्तनको अगुवाई माओबादी पार्टीले नै गरेको हो तर कसैकसैलाई यो तितो सत्य पच्दैन, यो कुरा साँचो हो,” उहाँले भन्नुभयो “अब सवै तहमा समृद्धिको नेतृत्व पनि माओबादी पार्टीले नै लिनुपर्ने हुन्छ ।” नीती एउटाको नेतृत्व अर्कोको भएको कारण तालमेल मिल्न नसकेको उहाँले बताउनुभयो ।


समृद्धिको नेतृत्व वडा, पालिका तथा प्रदेश र संघ सवै तहमा नीति अनुसार नेतृत्व गर्नुपर्ने त्यसो हुदाँ गरिबी अन्त्य गरी देशमा समृद्धि हुने मन्त्री बरालले दाबी गर्नुभयो । पछिल्लो समयमा पुर्वाधारको क्षेत्रमा देश अघि बढेसंगै अब उत्पादनमा समेत जोड दिनुपर्ने मन्त्री बरालले बताउनुभयो ।
मगर बस्ती भएको उक्त क्षेत्रमा उत्पादन सहित पर्यटन प्रबद्र्धन गर्न होमस्टे समेत सञ्चालन गर्न मन्त्री बरालले सुझाव दिनुभयो । आलुसंगै बनौं अन्य उत्पादन गर्न उहाँले आग्रह गर्नु भयो । राज्यले सवै धर्मलाई समान रुपले हेर्ने बताउदै मन्त्री बरालले उक्त बिहार निर्माणमा थप रकम व्यबस्थापन गर्न पुन ः पहल गर्ने समेत बताउनु भयो ।
जलजला गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गौ बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य लोकराज आचार्य, माओबादी केन्द्र पर्वतका संयोजक सुदिप कुवंर, पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्य, बनौं मा.वि.बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष डम्बरबहादुर पुर्जा, लामा गुरु, अम प्रसाद गर्बुजा, भुवनसिंह पुर्जा लगायतले वोल्नु भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...