कोरोना संक्रमणदर घटेपछि म्याग्दीमा खुकुलो बनाउन थालियो

Gandaki Ghumau

दुर्गा आचार्य गौतम

बेनी । म्याग्दीका पर्यटकीय, धार्मिक स्थल र तातोपानी कुण्ड फागुन १ गतेदेखि खुलाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन समन्वय केन्द्रको बैठकले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्दै खुकुलो बनाउने निर्णय गरेको हो । केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले बिद्यालय, धार्मिक, पर्यटकीय स्थल, तातोपानी कुण्ड खुला गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“कोरोना (भाइरस)को संक्रमण दर घटेपनि जोखिम कायमै भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै खुकुलो बनाउने निर्णय लिइएको हो” उहाँले भन्नुभयो “कोरोना बिरुद्धको खोप लगाउने अभियानलाई तिब्रता दिने नीति लिएका छौ ।”

Gunasthariya Shiksya

कोरोना (भाइरस)को तेस्रो भेरियन्ट फैलिएपछि माघ ६ गतेदेखि म्याग्दीका बिद्यालय, तातोपानी कुण्ड, धार्मिक, पर्यटकीय स्थल बन्द गरिनुका साथै प्रशासन, मालपोत लगायत कार्यालयले आलोपालो प्रणाली लागू गरेका थिए ।

म्याग्दीमा हाल कोरोनाका सक्रीय संक्रमितको संख्या १२८ जना छ । यसैगरी फागुन १ गतेदेखि यसअघि दोस्रो मात्राको कोरोना बिरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरुलाई बुस्टर (अतिरिक्त) डोजको खोप लगाउन शुरु हुने भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले फागुन दश गतेसम्म छ महिना अघि दुई डोज लगाएकाहरुलाई बुस्टर डोज लगाउन लागिएको बताउनुभयो । यसअघि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधी, सञ्चारकर्मी, सवारी चालक र बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज खोप लगाइएको छ ।

म्याग्दीमा ८१ हजार लक्षित जनसंख्या मध्य करिब ९५ प्रतिशतले कोरोना बिरुद्धको दोस्रो डोज खोप लगाएका स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...