समाचारको विधा

स्थानीय

रघुगंगामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा तथा गर्भवती र सुत्केरी महिलाको पोषण प्रवद्र्धनलाई प्राथमिकता दिँदै ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु गरेको छ ।…

‘मौरिस हर्जोग’ पदमार्गको ‘स्मार्ट’ सूचना प्रणाली

बेनी, म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको ‘स्मार्ट’ सूचना प्रणाली तयार भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘क्युआर कोड’को सहायतामा नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको ‘मौरिस हर्जोग’ पदमार्गको…

बैसरीका पहिरो पिडितले ११ वर्षपछि राहुपारेको अस्थायी बस्ति छाडे, गाउँपालिकाले टहरा भत्कायो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुपारेमा सामुदायिक बन क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा बस्दै आएका बैँसरीका पहिरो पीडितहरुले बस्ती खाली गरेपछि गाउँपालिकाले अस्थायी टहरा हटाएको छ । गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा…

पोक–नेटा–अर्मन–किमचौर-ताराखोला सडक योजनाको सर्वेक्षण

बेनी,। म्याग्दीको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति योजना सर्वेक्षणका लागि मंगलबार सर्वेक्षण गरिएको छ ।गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ मा समावेश भएको यस योजना बहुबर्षीय…

निर्मल पुर्जाको सम्मानमा जन्मथलो दानामा शालिक बनाउँदै अन्नपूर्ण गाउँपालिका

अन्नपूर्ण प्रथमलाई ‘निम्सदाई अन्नपूर्ण’ नामाकरण गर्न संघीय सरकारलाई सिफारिस बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवंगत किर्तीमानी पर्वतारोही निर्मल पुर्जा (निम्स) दाईको सम्मान र स्मृतिमा उहाँको जन्मथलोमा शालिक बनाउने भएको छ । …

बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण शुरु

बेनी, म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण शुरु भएको छ । नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण कार्य थालेको हो । रु. एक करोड तीन लाखको…

बेनी, पोखरा र काठमाडौमा धवलागिरीको घुम्ती शिविर, छ सय जना लाभान्वित

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई उनिहरु बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराएको छ । काठमाडौ, पोखरा र बेनीमा सञ्चालन भएको घुम्ती शिविरबाट छ सय नौ जना लाभान्वित भएका हुन् ।…

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडक भोली बिहान सम्मका लागि बन्द

म्याग्दी, ः जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा आज राती यातायात सञ्चालनमा रोक लगाएको छ । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडकमा आज साँझ पाँच बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि यातायात सञ्चालन…

धवलागिरीबासीलाई बसोबास भएकै ठाउँमा पुगेर गाउँपालिकाको सेवा

पोखरा, । म्याग्दीको धवलागिरी गाउँपालिकाले पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी घुम्ती शिविरमार्फत सेवा दिएको छ ।पालिकाले यही साउन २७ गते एक दिनका लागि आयोजना गरिएको शिविरमा सेवाग्राहीको चाप बढेपछि गाउँपालिकाले…

रघुगंगामा करदाता सेवा शुरु

मौवाफाँट, म्याग्दीको रघुगंगा गाउँपालिकामा बुधबारदेखि करदाता सेवा सुरु भएको छ । मौवाफाँटमा रहेको गाउँपालिकाको कार्यालयले स्थायी लेखा नम्बर जारी, ब्यवसायलाई आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संसोधन र दर्ता खारेजी भएका…