उद्योग वाणिज्य संघद्धारा बाढीपहिरो अन्नपूर्ण गाउँपालिकालाई राहत सामग्री सहयोग

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दी उद्योग वाणिज्य संघले पछिल्लो मनसुनजन्य विपद्बाट जिल्लामा सबैभन्दा बढी प्रभावित भएको अन्नपूर्ण गाउँपालिकालाई बुधबार रु. छ लाख मूल्य बराबरका राहत सामग्री सहयोग गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका संघका अध्यक्ष सुविन श्रेष्ठ, पुर्व अध्यक्ष उत्तम कर्माचार्य, बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, महासचिव नारायण जिसी, अन्नपूर्ण बजार इकाईका सभापति सुनिता बरुवालको टोलीले सामग्री हस्तान्तरण गर्नुभएको हो ।

२५ किलोग्राम तौलका ४० बोरा चामल, ४० पोका राहात प्याकेट, ४० कार्टुन चाउचाउ, दुई कार्टुन सनफलावर तेल, ३० सेट सोलार प्यानल र ३६ थान त्रिपाल सहयोग गरिएको संघका महासचिव जिसीले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण गरिएका सामग्रीको मूल्य रु. छ लाख बराबरको रहेको उहाँले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

नेपाल उद्योग वाणिज्य महासंघ र म्याग्दी उद्योग वाणिज्य संघले साझेदारीमा सामग्री सहयोग गरेका हुन् । विपद्मा परी छ जनाको मृत्यु भएको छ भने ६० घर पूर्ण र एक सय २९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका गाउँपालिकाका अध्यक्ष भारत पुनले बताउनुभयो ।

वडा नं ६ घारस्थित वडा कार्यालयमा रहेको आश्रयस्थलमा पाउद्वारका ९४ जना, शिखमा रहेको आश्रयस्थलमा किन्दु र धस्केखोरका ९१ जना तथा काफलडाँडाको शिरुवारीस्थित आश्रयस्थलमा महभीरका ७० जनालाई राखिएको छ ।

तीनवटा आश्रयस्थलमा गरी दुई सय ५५ जना प्रभावितले आश्रय लिएका छन् । थप एक सय ५६ जना प्रभावित आफन्त तथा छिमेकीको घरमा बसेका छन् । गाउँपालिकाले त्रिपाल र टेन्टको व्यवस्था गरी प्रभावितलाई अस्थायी बसोबासको प्रबन्ध मिलाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...