बेनी-जोमसोम-कोरला सडकको राहुघाट–बेगखोला खण्डमा वैकल्पिक मार्ग तयार

Gandaki Ghumau

म्याग्दी, ः भारत र चिनलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको राहुघाट–बेगखोला खण्डको वैकल्पिक मार्ग तयार भएको छ ।

यही असोज दोस्रो साताको झरिपछि कालीगण्डकीको कटान, बाढी र पहिरोका कारण अवरुद्ध बनेको चिनसँगको हाल चालु अवस्थामा रहेको एकमात्र व्यापारिक नाका कोरला जोड्ने सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट देखि सोही पालिकाको बेगखोला जोड्ने बैकल्पिक सडक तयार गरिएको हो ।

रघुगंगा गाउँपालिकाले राहुघाट देखि मौवाफाँट, पिप्ले, भगवति, बेग हुदै बेगखोला जोड्ने राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको वैकल्पिक सडक मंगलबार मर्मत सम्पन्न गरेको हो । कोरिडोरको कुनौटा स्थित सडक कालीगण्डकीको बाढीले कटान गरेर बगाएको छ ।

Shreekrishna

राहुघाट–बेगखोला खण्ड मर्मत नहुँदासम्मका लागि इन्धन, अत्यावश्यक राहत सामग्री, खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुको ढुवानीसँगै काम विशेषले जिल्ला सदरमुकाम बेनी आवत जावत गर्नका लागि बैकल्पिक सडक मर्मत गरेर जिप, मोटरसाइकल र ट्याक्टर सञ्चालन गर्न सकिने बनाइएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

Gunasthariya Shiksya

“राहुघाट–बेगखोला बैकल्पिक सडकले बाढीबाट अति प्रभावित अन्नपूर्ण गाउँपालिकाको जनजिवनलाई सहज बनाउन मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो “कोरिडोरको पोखरेबगर–बेगखोला खण्ड मर्मत भइसकेकाले बेनी देखि पोखरेबगर सम्म सडक मर्मतका लागि अत्यावश्यक इन्धन, राहत सामग्री ढुवानी र आवत जावत गर्न वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ् ।”

बेग गाउँलाई जिल्ला सदरमुकाम बेनी र कालीगण्डकी कोरिडोर सडक, तिप्ल्याङ र बादुक गाउँ जोड्ने बेग–बेगखोला सडक वि.स. २०७२ जेठमा बैसरी पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध हुदा पनि प्रयोगमा आएको थियो ।

पछिल्लो समय बेग गाउँ आवत जावत गर्ने सवारी साधनहरु पिप्ले–भगवति हुदै बढी गुड्ने र कालीगण्डकी कोरिडोरको सहज स्तरोन्नति भएकाले प्रयोग न्युन थियो । यो सडक प्रवासी बेगखोलाबासीहरुको अगुवाइमा निर्माण भएको थियो । वैकल्पिक भएकाले बेगखोला–बेग सडक स्तरोन्नतिलाई सरकारले प्राथमिकता दिनुपर्ने बेगबासीहरुको माग छ ।

असोज ११ गतेदेखि अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडकको दुई सय दुई किलोमिटर दुरीको सडक मध्य अब रघुगंगा गाउँपालिका २ कुनौटा र पोखरेबगर पुलको पहुँचमार्ग बाहेकका ठाउँमा मर्मत सकिएको छ । बेनी–जोमसोम कोरला सडक योजनाका प्रमुख तेजस्वि शर्माले ५५ ठाउँमा अवरुद्ध भएको सडक ५३ ठाउँमा अवरोध हटाउने काम सकिएको जानकारी दिनुभयो ।
आगामी सोमबार सम्म यातायात सञ्चालन गर्ने लक्ष्य सहित उपकरण र मजदुर परिचालन गरेर सडक मर्मत कार्यलाई तिब्रता दिएको योजना प्रमुख शर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...