जेसीजको दौड प्रतियोगितामा बागलुङका कार्की बिजयी

Gandaki Ghumau

बेनी ः बेनीमा शुक्रबार सम्पन्न साविक धौलागिरि अञ्चल स्तरीय १० किलोमिटर दौड प्रतियोगितामा बागलुङका बादल कार्की बिजयी भएका छन् ।

म्याग्दी जेसीज स्थापना भएको दश हजार दिन पुरा भएको अवसरमा आयोजना गरिएको प्रतियोगितामा १९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै कार्की बिजयी भएका हुन् ।

बागलुङकै सक्षम बोहोरा दोस्रो, सोदिप सुवेदी तेस्रो, म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिका मुलकसिंह खत्री चौथो र धवलागिरी गाउँपालिका–७ ताकमका सदेश केसी पाँचौ हुनुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

२३ जनाले सहभागिता जनाएको प्रतियोगिता सिंगा तातोपानी देखि बेनी सम्म सञ्चालन भएको थियो । बिजेता, उपबिजेता र तृतियलाई क्रमश नगद रु. १५ हजार, दश हजार र सात हजार सहित पुरस्कृत गरिएको छ ।

चौथोलाई रु. पाँच हजार र पाँचौलाई रु. एक हजार प्रदान गरिएको प्रतियोगिता संयोजक शुस्मा खत्रीले जानकारी दिनुभयो । म्याग्दी जेसीजले नेपाल जेसीज क्षेत्र (ख) को राष्ट्रिय खेलकुद समितिको समन्वयमा असोज १८ गते आयोजना गरिएको प्रतियोगिता मनसुनजन्य विपद्का कारण छ दिन पछाडी सारिएको थियो ।

प्रतियोगितामा बिजयीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, नेपाल जेसीजका पुर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्मा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...