समाचारको विधा

स्थानीय

पिप्लेमा विल्डीङ इलेक्ट्रिसियन तालिम सम्पन्न

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा मंगलबार विल्डिङ इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरको आयोजनामा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत प्रभावित क्षेत्रका…

म्याग्दी कपको उपाधी पश्चिम दरवाङलाई

बेनी, । बेनीमा मंगलबार सम्पन्न म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम दरवाङ युवा क्लवले जितेको छ । जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा कालीपुल…

पटारमा खानेपानी आयोजना निर्माण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयबासीको श्रमदानमा पटारमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका वासिन्दा समेत रहेका वडा…

मंगलाको स्ववीयुमा अनेरास्ववियु विजयी

बेनी, । म्याग्दीको बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुको प्यानलै वियजी भएको छ । अनेरास्वीयुका सभापतिका उमेद्वार भिममाया रोका नेतृत्वको प्यानले जित निकालेको हो । २१२…

बेनीमा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु

बेनी, । बेनीमा आँखाको निःशुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु भएको छ । बेनी अस्पतालमा तीन दिनसम्म सञ्चालन हुने शिविरमा गाउँ–गाउँमा आयोजना गरिएका शिविरबाट भेटिएका मोतियाविन्दु विरामीको निःशुल्क शल्यक्रिया गरिने छ ।नेत्र ज्योती संघ…

मलम्पारमा पहिलो पटक पुगेको बस र चालकलाई स्वागत

बेनी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा आइतबार पहिलो पटक बस पुगेको छ ।धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ को मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो ।…

मंगलाको स्ववीयु चुनाव प्रक्रीयाप्रति असहमति जनाउदै क्रान्तिकारीद्धारा बहिष्कार

बेनी, । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववीयू क्रान्तिकारीले म्याग्दीको मंगला शिक्षा क्याम्पसमा स्ववीयु चुनावको प्रक्रीयाप्रति असहमति जनाउँदै बहिष्कार गर्ने घोषणा गरेको छ । अखिल क्रान्तिकारीका क्याम्पस संयोजक चक्र पुनले शनिबार एक…

भकिम्लीको चिनाखेत र डाडाखानीमा असिनाले खेतीबालीमा क्षति

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेत र डाडाखानी क्षेत्रमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबालीमा क्षति गरेको छ । हिउँदे खडेरीमा दुखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिदाँ कृषक निराश र चिन्तित भएका छन् ।…

डाडाखेतमा आँखा शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा निशूल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ म्याग्दीको प्राविधिक सहयोगमा म्याग्दी जेसीजको आयोजनामा डाडाखेतको बालमन्दिर आधारभूत विद्यालय परिसरमा शुक्रबार शिविर सम्पन्न…

धवलागिरीमा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी

मुना । धवलागिरी गाउँपालिकामा स्वास्थ्य शाखाको अर्धबार्षिक समिक्षा गोष्ठी शुक्रबार मुनामा सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनको अध्यक्षतामा चालु आर्थिक बर्षको  अर्धबार्षिक समिक्षामा स्वास्थ्य शाखा, वडास्तरका स्वास्थ्य चौकी र…