अन्नपूर्ण हिमालमा मृत्यु भएका र उद्धार गरिएकालाई काठमाडौ लगियो

Add Samajik bikash office

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण हिमालमा मृत भेटिएका र जिवितै उद्धार गरिएका आरोहीलाई मंगलबार अपराहन्न काठमाडौ लगिएको छ ।
सात हजार ५०० मिटरको उचाईमा मृत भेटिएका स्कटल्याडका नोयल हान्नाको शव हेलिकप्टर मार्फत त्रिवि शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताउनुभयो ।
उहाँका अनुसार बेहोस अवस्थामा जिवितै भेटिएका भारतका बलदेव कौरलाई पनि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौको सिभिक अस्पतालमा लगिएको छ । सेभेन समिट टे«क मार्फत अन्नपूर्ण आरोहणका लागि आएका हान्ना सुतेकै ठाउँमा बिहान मृत भेटिएका थिए ।
पायनर टे«किङ कम्पनीबाट अन्नपूर्ण आरोहण गर्न गएका कौर अक्सिजनको कमीका कारण बेहोस भएका हुन् । सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भेटिएका छैनन् ।
आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार ५०० मिटरको उचाईबाट समातेको डोरी फुत्कीएपछि खसेर वेपत्ता भएका थिए । उद्धारमा खटिनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार आज चार वटा हेलिकप्टर मार्फत खोजी गरिएको थियो ।
सिम्रिक, कैलाश, एयर अल्टीच्युट र एभरेष्ट एयरका हेलीकप्टर उद्धार र खोजीमा परिचालन भएका हुन्् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण शुरु भएको थियो ।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौ अग्लो हिमाल हो ।
वि.स. १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...