अन्नपूर्णमा भारतीय आरोही वेपत्ता

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, अन्नपूर्ण हिमालमा सोमबार एक जना भारतीय आरोही वेपत्ता भएका छन् ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो आधार शिविर नजिकैबाट भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु वेपत्ता भएका सेभेट समिट टे«क्सका प्रबन्धक थानेश्वर गुरागाईले बताए ।
‘आरोहण सफल नभएपछि आधार शिविरमा फर्कने क्रममा चिप्लिएर लडेर वेपत्ता भएको खबर आएको छ,’ उनले भने ‘खोजी जारी राखेपनि भेटिएका छैनन् ।’ मालु सेभेन समिट टे«क्स मार्फत अन्नपूर्ण आरोहणका लागि गएका थिए ।
मालु आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आएका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वसन्त ऋतुको आरोहण शुरु भएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...