दरवाङमा मोवाइल फोन सेवा सहज

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा मोवाइल फोनको समस्या हटेको छ ।

रुन्मा डाडामा रहेको नेपाल टेलिकमको विटिएस टावरको सिग्नल खाल्डोमा रहेको दरवाङ बजारको घरभित्र र सबै ठाउँमा नटिप्ने समस्या थियो । मोवाइलको टावरले नटिप्ने समस्याका कारण गाउँपालिका, वडा कार्यालयको सेवा, सूचना आदानप्रदानका साथै स्थानीयबासीलाई फोन गर्न टावरले टिप्ने ठाउँमा जानुपर्ने थियो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिका र सरकारी स्वामित्वको नेपाल टेलिकमको सहकार्यमा दरवाङ बजारको सबै ठाउँमा मोवाइल फोनमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

रुन्माको डाडामा रहेको मुख्य बिटिएस टावरबाट तीन हजार ८७० मिटर फाइवर तानेर दरवाङमा एन्टिना राखेर मोवाईल फोन सेवा सुदृढीकरण गरिएको हो । गाउँपालिकाले फाइवर तार खरिद र जडान गरेको अध्यक्ष गर्बुजाले बताउनुभयो ।

Bhautik ministry notice about road

म्याग्दी जिल्लाको दोस्रो ब्यापारिक केन्द्र मानिने दरवाङ बजारमा करिब तीन सय घरधुरीको बसोबास छ । गाउँपालिका, वडा, इलाका प्रहरी, प्राथमिक स्वास्थ्य केन्द्र लगायत कार्यालय दरवाङमा छन् । दरवाङमा एनसेल लगायत निजी क्षेत्रका कम्पनीहरुको मोवाइल सेवा उपलब्ध छैन् ।

नेपाल टेलिकम बाग्लुङ शाखाका प्रमुख केशब शर्माले दरवाङमा राखिएको सेक्टर एन्टिना मार्फत थ्रिजी (तेस्रो पुस्ता)को डेटा र भ्वाइस सेवा सञ्चालन गरिएको बताउनुभयो । उहाँले रुन्माको टावर र दरवाङमा फोरजी सञ्चालको तयारी गरेको बताउनुभयो । तारजडित टेलिफोनको उपकरण रहेको घरको छतमा सेक्टर एन्टिना राखिएको छ ।

यसैगरी नेपाल टेलिकमले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा नयाँ विटिएस टावर स्थापना गरेर सेवा सुदृढीकरणको तयारी गरेको छ । वडा र गाउँपालिका कार्यालय मार्फत विटिएस टावर राख्ने भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

धवलागिरी गाउँपालिका–२ खोरीयामा पनि नयाँ बिटिएस टावर स्थापना गरेर सेवा सुदृढीकरणको तयारी गरेको टेलिकम बागलुङका प्रमुख शर्माले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...