जुन योजना निर्धारित समयमै सकिए

Gandaki Pardesh notice

बेनी, । ढिलासुस्तिका कारण धेरै योजनाहरु थला परेको अवस्थामा म्याग्दीका केही आयोजनाहरु भने निर्धारित समयमै सम्पन्न भएका छन् । निर्माण व्यवसायीको इच्छाशक्ती, काम गर्ने वातावरण, कार्यान्वयन गर्ने निकायको समन्वय र सहजिकरण भयो भने तोकिएको समयमै योजना सम्पन्न गर्न सकिने सन्देश दिएका छन् ।

बेनी नगरपालिकाको प्रशासकीय भवन, म्याग्दी बहुमुखी क्याम्पसको भवन, बेनीको खेलमैदान निर्माण योजनाको काम निर्धारित समयमै सकिएका हुन् । पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको बेनी–अर्थुङ्गे–घतान–तोरीपानी हुदै पाखापानी सडक योजना अन्तरगत अर्थुङ्गेमा कालोपत्र गर्ने काम लक्ष्य भन्दा तीन महिना १५ दिनअघिनै सकिएको छ ।

अर्थुङ्गेमा २१७ मिटर सडक कालोपत्र, नाली, पर्खाल निर्माण गर्न श्रमजिवी निर्माण सेवाले वि.स. २०७९ मंसिर १९ गते ठेक्का सम्झौता गरेको थियो । पूर्वाधार विकास कार्यालयका अधिकृत छैटो अर्जुन शर्माका अनुसार रु. ३२ लाख ६२ हजार ९५१ मा ठेक्का सम्झौता भएको आयोजनाको म्याद २०८० असार १५ गतेसम्म थियो ।

Shreekrishna hardwear in news

“निर्माण कम्पनीले लक्ष्य भन्दा साढे तीन महिना अघिनै सडक कालोपत्र ग¥यो,” शर्माले भन्नुभयो “सरदर ५.५ मिटर चौडाईका दरले कालोपत्र गरिएको छ ।” बेनीमा म्याग्दी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि उत्तरगंगा निर्माण सेवासँग २०७९ कात्तिक ४ गते रु. ९६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

२०७९ चैत २७ गतेसम्म ठेक्का अवधी भएको ५ कोठे १ तले भवन बनाउने योजना निर्माण कम्पनीले निर्धारित समयमै सकेर हस्तान्तरण गरेको क्याम्पस प्रमुख गोरख जिसीले बताउनुभयो ।

सोही कम्पनीले बेनीको खुल्लामञ्च खेलमैदानमा पर्खाल र प्याराफिट निर्माणका लागि गत मंसिर पहिलो साता रु. ३५ लाख ९३ हजार १०१ मा ठेक्का सम्झौता गरेको थियो । गत चैत मसान्तसम्मको ठेक्का अवधी भएको पर्खाल र पिल्लर उठाएर ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउने काम निर्धारित समयमै सकिएको बेनी नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो ।

Bhautik ministry notice about road

क्याम्पसको भवनको नापजाँच गर्ने क्रममा ढिस्कोले पुरिएर उत्तरगंगाका सञ्चालक कृष्ण बरुवालको २०७९ मंसिर २१ गते मृत्यु भएको थियो । बरुवालको मृत्यु भएपछि उनका भाई नवराजले जिम्मेवारी लिएर कम्पनीले ठेक्का लिएका आयोजनाहरुलाई पूर्णता दिनुभएको हो ।

“व्यवसायीले इच्छाशक्ति देखाएर पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गर्न सक्ने हो भने जस्तो सुकै असहज अवस्थामा पनि आयोजना सम्पन्न गराउन सकिने रहेछ,” क्याम्पस प्रमुख जिसीले भन्नुभयो “आयोजना कार्यान्वयन गराउने पक्षले निगरानी, समन्वय र सहजिकरण गरेर काम गर्ने वातावरण बनाउने हो भने ढिलासुस्ति हटाउन सकिन्छ ।”

बेनी नगरपालिकाको प्रशासकीय भवनमा तला थप गरेर आठ वटा कोठा बनाउन शंकर निर्माण सेवासँग गत मंसिर पहिलो साता रु. ५२ लाख ५८ हजार २०० मा ठेक्का सम्झौता भएको थियो । अनुगमन समितिका संयोजक समेत रहेकी नगर उपप्रमुख ज्योती लामिछानेले निर्माण कम्पनीले निर्धारित समयमै भवन हस्तान्तरण गरेका बताउनुभयो । शंकर निर्माण सेवाका सञ्चालक सागर पौडेलले सम्झौता लगत्तै निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर निर्धारित समयमै भवन बनाएको बताउनुभयो ।

म्याग्दी जिल्लामा सञ्चालित १९ वटा ठूला आयोजनाको निर्माण कार्य अधुरा छन् । सडक, खानेपानी, प्रशारण लाइन, अस्पताल भवन लगायत आयोजना निर्माणमा भएको ढिलासुस्तिले सर्वसाधारणलाई सास्ती भएको छ । संघीय र प्रदेश सरकार मार्फत सञ्चालित आयोजनाहरुको ठेक्का अवधी सकिएपनि निर्माण पुरा नहुँदा र निरन्तरता नपाउँदा अधुरा बनेका हुन् ।

गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका ८ वटा छन् । ८ वटा आयोजना सडक सम्बन्धी छन् । करिब रु. आठ अरबको राहुघाट जलविद्युत आयोजना बाहेकका अन्य अलपत्र र अधुरा आयोजनाको लागत रु. चार अरब पचास करोड भन्दा बढी छ ।

प्रशासनिक, राजनीतिक र व्यवसायिक पहुँच भएका निर्माण व्यवसायीको अटेरी, आयोजना र कार्यालय प्रमुख तथा सरोकारवालाले चासो नदिनुका साथै पर्याप्त बजेट नआउने, निर्माण व्यवसायीले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाउन नसक्दा आयोजनाहरु अलपत्र बनेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

स्थानीय स्तरको बिवाद समयमै सहजिकरण र समाधान नहुनु, नदीजन्य निर्माण सामग्रीको असहजता, स्वार्थ समूहको चलखेल, अनुगमन र नियमन गर्ने पर्याप्त प्राबिधिक जनशक्तिको कमी पनि आयोजना अलपत्र हुनुका कारण देखिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...