अन्नपूर्ण हिमालमा वेपत्ता भारतीय आरोही अनुरागको उद्धार

khali

बेनी, अन्नपूर्ण हिमालमा वेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालुको चार दिनपछि बिहिबार जिवितै उद्धार गरिएको छ ।
भारतको राजस्थानको किशनगढका ३४ वर्षीय मालु अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबार देखि वेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०.३० बजे सात हजार ५०० मिटरको उचाईबाट जिवितै उद्धार गरेको सेभेन समिट टे«कका प्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिए ।
‘हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ,’ उनले भने । परिवारका सदस्यहरुका अनुसार मालुको अवस्था गम्भिर छ । मालु सेभेन समिट टे«क मार्फत आरोहणमा गएका थिए । आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु वेपत्ता भएका थिए ।
अन्नपूर्ण हिमालबाट यसअघि मंगलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जिविकै उद्धार गरिएको थियो । काठमाडौ लगिएकी कौरको अवस्था सामान्य रहेको टे«कीङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ ।
अन्नपूर्ण आरोहण गरेर फर्कने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मंगलबार मृत्यु भएको थियो । हान्न सेभेन समिट टे«कबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङको भूगोलमा अवस्थित छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण शुरु भएको थियो ।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका थिए । बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।
अन्नपूर्ण संसारको दशौ अग्लो हिमाल हो । वि.स. १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...